असार २४, २०८२ मंगलबार July 8, 2025

मौलिक हक कार्यान्वयन गर्न स्रोत अभाव : परराष्ट्रमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मौलिक हक कार्यान्वयन गर्न स्रोतको अभाव भएको बताएका छन् ।

शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य अधिकार, आवास जस्ता मौलिक हकहरु व्यवहारिक रुपमा हुन नसकेको भनी टिप्पणी भइरहेका बेला मन्त्री ज्ञवालीले संविधान र मौलिक हक कार्यान्वयन गर्न स्रोतको अभाव भएको बताएका हुन् ।

‘संविधानका यी स्प्रिटहरु कार्यान्वयनमा सबैभन्दा ठूलो ग्याप रिसोर्सको छ । संविधान र कानूनमा मौलिक हकहरुको व्यवस्था गर्‍यौं तर यसका निम्ति आवश्यक पर्ने रिसोर्सको बारेमा प्रयाप्त छलफल गरेका छौं कि छैनौं ?’ राष्ट्रिय मानव अधिकार आयोगले सोमबार राजधानीमा गरेको एक कार्यक्रममा मन्त्री ज्ञवालीले भने ।

कक्षा आठसम्मको आधारभूत शिक्षा निःशुल्क र अनिवार्य, कक्षा बाह्रसम्मको शिक्षा निःशुल्क भनिएको छ । आधारभूत स्वास्थ्य सेवा अन्तर्गत ७२ प्रकारका औषधि निःशुल्क दिने भनिएको छ ।

रोजगारीलाई मौलिक हकअन्तर्गत राखिएको छ । तर यी मौलिक हकहरु व्यवहारतः कार्यान्वयनमा आउन नसकेको भन्दै कार्यक्रममा सहभागी मानवअधिकारसँग सम्बन्धित सरोकारवालाहरुले मन्त्री ज्ञवालीसमक्ष प्रश्न गरेका थिए ।

जावाफमा मन्त्री ज्ञवाली भन्छन्, ‘रोजगारीलाई मौलिक हक भन्यौं तर, आर्थिक गतिविधिहरु संगै अगाडि बढेन भने रोजगारी उपलब्ध हुँदैन । देशभित्र रोजगारीका कुरालाई अगाडि बढाउन आर्थिक गतिविधिलाई सँगसँगै लैजानुपर्ने हुन्छ । त्यसकारण मौलिक हक कार्यान्वयनमा रिसोर्स ग्याप छ ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार