बैसाख २०, २०८३ आइतबार May 3, 2026

इजरायलमा कोरोनाभाइरस विरुद्ध चौथो मात्रा खोप लगाउन सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इजरायलमा कोरोनाभाइरस विरुद्धको खोप चौथो पटक लगाउन थालिएको छ ।

सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार सोमबारदेखि ६० वर्ष वा सोभन्दा बढी उमेरका र स्वास्थ्यकर्मीहरूलाई चौथो मात्रा खोप लगाउन थालिएको हो ।

कोरोनाभाइरुसको नयाँ भेरियन्टको रूपमा देखिएको ओमिक्रोन भाइरस फैलिन थालेपछि त्यसबाट जीवन जोगाउनका लागि चौथो मात्राको खोप लगाउन थालिएको अधिकारीहरूले जनाएका छन् ।

खोपको मात्रा बढाउँदै लगेमा कोरोनाभाइरसका नयाँ नयाँ भेरियन्टले पनि असर पार्ने संभावना कम हुने वैज्ञानिकहरूले बताएका छन् ।

तेस्रो मात्रा खोप लगाएको कम्तीमा चार महिना पूरा भएकाहरूले मात्रै चौथो मात्रा खोप लगाउने पाउने व्यवस्था गरिएको छ ।

देशमा चौथो मात्राको खोप लगाउन सुरु गर्ने निर्णय सरकारले आइतबार मात्रै गरेको हो । कोरोनाभाइरस विरुद्ध चौथो मात्रा खोप लगाउन सुरु गर्ने देशमा इजरायल नै पहिलो देश भएको छ ।

इजरायलको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार थप छ हजार ५६२ जना नयाँ सङ्क्रमित भएका छन् । अघिल्ला दिनमा भन्दा सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको पनि मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री नाफ्ताली बेनेटले चाँडै नै दैनिक ५० हजार सङ्क्रमित थपिने चेतावनी दिँदै उच्च सतर्कता अपनाउन आह्वान गर्नुभएको छ । रासस-एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जर्मनीका विदेशमन्त्री र इरानी समकक्षीबिच फोनवार्ता, हर्मुजलाई पुनः खोल्न माग
२०८३ बैसाख २०, आइतबार
‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’ – मुख्यमन्त्री शाह
२०८३ बैसाख २०, आइतबार
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
२०८३ बैसाख २०, आइतबार
अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी
२०८३ बैसाख २०, आइतबार
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
२०८३ बैसाख २०, आइतबार
चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त
२०८३ बैसाख २०, आइतबार
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता
२०८३ बैसाख २०, आइतबार