बैसाख २०, २०८३ आइतबार May 3, 2026

अफगानिस्तानमा खराब मौसमका कारण मानवीय सहायता सामग्री वितरणमा समस्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः संयुक्त राष्ट्रसंघ र यसका सहयोगी संस्थाहरुका साथै अरु विभिन्न संघसंस्थाहरुले अफगानिस्तानमा मानवीय सहायता सामग्री वितरणको काममा अवरोध व्यहोर्नु परेको बताइएको छ ।

यहाँ केही दिनयतादेखि मौसमका कारण यस्तो अवरोध व्यहोर्नुपरेको बताइएको छ । पछिल्ला केही दिनयता यहाँ वर्षा र हिमपात भएको छ ।

यसका कारण यहाँ मानवीय सहयता वितरण गर्ने काममा अवरोध उन्त्पन्न भएको छ । यहाँ हप्ता दिनभन्दा लामो समयदेखि बाक्लो हिउँ परेको छ भने अधिकांश स्थानमा पानी पनि परेको छ । यसका कारण जनजीवन निकै कष्टकर भएको छ । अफगानिस्तानको राजधानी काबुल जाने र काबुलबाट अन्य सहरका लागि उड्ने हवाई उडानहरु पनि वर्षा र हिमपातका कारण हुन सकेका छैनन् ।

यो हिमपातले यहाँका स्थानीयलाई असर गरिरहेको छ भने मानवीय सहायता सामग्री वितरणको लागि काम गरिरहेका संयुक्त राष्ट्रसंघीय र अन्य संस्थाका सहायताकर्मी पनि विरामी परेका बताइएको छ । यहाँ पछिल्लो समयमा विभिन्न देशले जाडोका लागि कपडा, खाद्यान्न तथा औषधिहरु उपलब्ध गराइरहेका छन् ।-रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जर्मनीका विदेशमन्त्री र इरानी समकक्षीबिच फोनवार्ता, हर्मुजलाई पुनः खोल्न माग
२०८३ बैसाख २०, आइतबार
‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’ – मुख्यमन्त्री शाह
२०८३ बैसाख २०, आइतबार
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
२०८३ बैसाख २०, आइतबार
अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी
२०८३ बैसाख २०, आइतबार
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
२०८३ बैसाख २०, आइतबार
चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त
२०८३ बैसाख २०, आइतबार
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता
२०८३ बैसाख २०, आइतबार