असार २३, २०८२ सोमबार July 7, 2025

काजकिस्तानका राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् विघटन गर्दै सङ्कटकाल घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः काजकिस्तानका राष्ट्रपति कास्यम जोमार्त तोकायेभले मन्त्रिपरिषद् विघटन भएको घोषणा गर्नुभएको छ ।

मध्य एसियाली मुलुक काजकिस्तानमा देशव्यापी विरोध प्रदर्शन भइरहेपछि उहाँले बुधवार मन्त्रीपरिषद् नै विघटन गर्नु भएको हो ।

विद्युत्को मूल्य वृद्धि भएपछि त्यसको विरोधमा केही समयदेखि देशव्यापी आन्दोलनका कार्यक्रमहरू भइरहेका थिए । उहाँले देशको सबैभन्दा ठूलो सहर तथा आर्थिक राजधानी अल्माटी र पश्चिमी प्रान्त माङगीस्टाउमा सङ्कटकाल लागु गरिएको घोषणा पनि गर्नु भएको छ ।

सङ्कटकाल लागू गरिएका दुवै सहर आन्दोलनकारीहरूको बढी प्रभाव रहेको सहर मानिन्छ । हजारौँ आन्दोलनकारीले सडकमा उत्रिएर प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए ।

प्रधानमन्त्री अस्कर मामिनले दिएको राजीनामा राष्ट्रपति तोकायेभले स्वीकृत गर्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ । नयाँ प्रधानमन्त्री नियुक्त नहुँदासम्म उपप्रधानमन्त्री अलिखान स्माइलोभले जिम्मेवारी सम्हाल्नुहुने भएको छ ।

आन्दोलन दबाउनका लागि सरकारले मङ्गलवार अल्मातीमा अश्रुग्याँस प्रहार गरेको थियो । सरकारले घोषणा गरेको सङ्कटकाल यही जनवरी ५ देखि १९ सम्म कायम रहने भएको छ ।रासस-एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार