बैसाख २०, २०८३ आइतबार May 3, 2026

भारतको मुम्बईमा एकैदिन ९३ जना प्रहरीलाई कोरोना सङ्क्रमण पुष्टी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पछिल्लो २४ घण्टामा मुम्बईमा ९३ जना प्रहरीलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको मुम्बई प्रहरीले शुक्रबार जानकारी दिएको छ । योसँगै नगरमा अहिलेसम्म ९ हजार ६५७ जना प्रहरीलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

यसैबीच, मुम्बइले गत २४ घण्टामा २० हजार १८१ थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएको एक विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सङ्क्रमितको सङ्ख्या बढेसँगै सङ्क्रमण दर २९।९० प्रतिशत पुगेको बृहनमुंबई नगर समितिले बिहीबार जानकारी दिएको छ । महाराष्ट्रमा बिहीबार ३६ हजार २६५ थप व्यक्ति सङ्क्रमित भएका थिए भने १३ जनाको मृत्यु भएको थियो ।

त्यसैगरी आठ हजार ९०७ जना डिस्चार्ज भएका थिए । महाराष्ट्र राज्यमा शुक्रबार ७९ व्यक्तिमा कोभिडको ओमिक्रोन भेरिएन्ट भेटिएको बताइएको छ ।

यहाँ ओमिक्रोन भेरिएन्ट भेटिएका ३८१ जना निको भई घर फर्किसकेका छन् भने अहिलेसम्म राज्यभर ८७६ व्यक्तिमा ओमिक्रोन सङ्क्रमण पुष्टि भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जर्मनीका विदेशमन्त्री र इरानी समकक्षीबिच फोनवार्ता, हर्मुजलाई पुनः खोल्न माग
२०८३ बैसाख २०, आइतबार
‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’ – मुख्यमन्त्री शाह
२०८३ बैसाख २०, आइतबार
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
२०८३ बैसाख २०, आइतबार
अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी
२०८३ बैसाख २०, आइतबार
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
२०८३ बैसाख २०, आइतबार
चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त
२०८३ बैसाख २०, आइतबार
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता
२०८३ बैसाख २०, आइतबार