बैसाख २०, २०८३ आइतबार May 3, 2026

अफगान बैंकहरूमा आर्थिक अभाव घट्दै, अन्तराष्ट्रिय समुदायबाट पनि सहयोग उपलब्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अफगानिस्तानका बैंकहरूमा दिनदिनै अभाव घट्दै गएको र अन्तर्राष्ट्रिय समुदायले पनि देशलाई नगद उपलब्ध गराएको तालिवान समूहले जनाएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

अफगानिस्तानको वित्तीय स्रोतको सुरक्षा भइरहेको र आर्थिक सङ्कट पनि रोकिइरहेको तालिबानका कार्यवाहक विदेशमन्त्री आमिर खान मोताकीको भनाइ उद्धृत गर्दै खामा प्रेसले जनाएको छ ।

उहाँले तालिबानले अफगानिस्तानको आर्थिक पतनलाई रोकेको बताउनुभयो । मोताकीले भन्नुभयो, “अफगानिस्तानका बैंकहरूमाथि दिनदिनै दबाब घट्दो छ ।”

तालिवानको अन्तरिम सरकारले अहिलेसम्म कर्मचारीको तलबको बिल तीन महिनाका लागि भुक्तानी गरेको र चौथो महिनाको तलब दिने तयारी भइरहेको पनि उहाँले बताउनुभयो ।

तथापि, ठोस सहयोगको अभावमा अफगानिस्तानमा मानवीय स्थिति दिन प्रतिदिन खराब हुँदै गइरहेको भन्दै संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले अफगानिस्तानको स्थितिलाई सम्बोधन गर्न हालसम्म १.५ बिलियन अमेरिकी डलर संकलन गरेको जनाएको छ ।

एसियाली राष्ट्र अफगानिस्तानमा देशका अधिकांश भूभागमा हिऊ परेको र हिउँदे बर्षाका कारण उपलब्ध खाद्यान्नलाई आवश्यक भएको स्थानमा पु¥याउन कठिनाई भइरहेको संयुक्त राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी समन्वय कार्यालयका महासचिव स्टेफन डुजारिकले बताउनुभयो । उहाँले हालसम्म १.५ अर्ब अमेरिकी डलर संकलन गरिसकेको बताउनुभयो छ । रासस-एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जर्मनीका विदेशमन्त्री र इरानी समकक्षीबिच फोनवार्ता, हर्मुजलाई पुनः खोल्न माग
२०८३ बैसाख २०, आइतबार
‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’ – मुख्यमन्त्री शाह
२०८३ बैसाख २०, आइतबार
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
२०८३ बैसाख २०, आइतबार
अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी
२०८३ बैसाख २०, आइतबार
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
२०८३ बैसाख २०, आइतबार
चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त
२०८३ बैसाख २०, आइतबार
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता
२०८३ बैसाख २०, आइतबार