बैसाख २०, २०८३ आइतबार May 3, 2026

सुचीलाई थप चार वर्ष जेल सजाँय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीलाई थप ४ वर्ष जेलसजाय सुनाइएको छ । यसअघि उनीमाथि लगाइएको चारवटा आरोपमा दोषी ठहर गर्दै त्यहाँको सैनिक अदालतले उनलाई थप चार वर्ष जेलसजाय सुनाएको हो ।

उनलाई बिनालाइनसेन्सको ‘वाकी टकी’ राखेको आरोपमा दुई वर्ष र कोरोना भाइरसका कारण लगाइएको प्रतिबन्ध उल्लंघन गरेको आरोपमा दुई वर्ष गरी चार वर्ष जेलसजाय सुनाइएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजीराले जनाएको छ ।

उनीमाथि लगाइएका दर्जनौं आरोपहरुमध्ये यी दुई आरोप हुन् । सबै आरोपमा उनी दोषी पाइए नेतृ सूची सयवर्ष जेल बस्नुपर्ने हुन्छ ।

७६ वर्षिया नेतृ सूची नेतृत्वको जननिर्वाचित सरकारलाई सेनाले गतवर्षको फेब्रुअरीमा सत्ताच्युत गर्दै हिरासतमा राखेको थियो । तर, सरकारका आलोचकले सूचीविरुद्धका सबै आरोपहरु राजनीतिकरुपले प्रेरित रहेको बताएका छन् ।

आफूमाथिका आरोपहरुको सूचीले अस्वीकार पनि गरेकी छिन् ।

गतमहिना कोभिड प्रोटोकल उल्लंघनको आरोपमा उनीविरुद्ध चारवर्षको सजाय सुनाइएको थियो । तर, सेना प्रमुखले माफी दिँदै उनको सजायलाई आधा कटौती गरेका थिए ।-एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जर्मनीका विदेशमन्त्री र इरानी समकक्षीबिच फोनवार्ता, हर्मुजलाई पुनः खोल्न माग
२०८३ बैसाख २०, आइतबार
‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’ – मुख्यमन्त्री शाह
२०८३ बैसाख २०, आइतबार
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
२०८३ बैसाख २०, आइतबार
अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पाकिस्तानी मध्यस्थता प्रयास जारी
२०८३ बैसाख २०, आइतबार
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
२०८३ बैसाख २०, आइतबार
चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारी स्वतः पदमुक्त
२०८३ बैसाख २०, आइतबार
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता
२०८३ बैसाख २०, आइतबार