असार २२, २०८२ आइतबार July 6, 2025

सुचीलाई थप चार वर्ष जेल सजाँय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीलाई थप ४ वर्ष जेलसजाय सुनाइएको छ । यसअघि उनीमाथि लगाइएको चारवटा आरोपमा दोषी ठहर गर्दै त्यहाँको सैनिक अदालतले उनलाई थप चार वर्ष जेलसजाय सुनाएको हो ।

उनलाई बिनालाइनसेन्सको ‘वाकी टकी’ राखेको आरोपमा दुई वर्ष र कोरोना भाइरसका कारण लगाइएको प्रतिबन्ध उल्लंघन गरेको आरोपमा दुई वर्ष गरी चार वर्ष जेलसजाय सुनाइएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजीराले जनाएको छ ।

उनीमाथि लगाइएका दर्जनौं आरोपहरुमध्ये यी दुई आरोप हुन् । सबै आरोपमा उनी दोषी पाइए नेतृ सूची सयवर्ष जेल बस्नुपर्ने हुन्छ ।

७६ वर्षिया नेतृ सूची नेतृत्वको जननिर्वाचित सरकारलाई सेनाले गतवर्षको फेब्रुअरीमा सत्ताच्युत गर्दै हिरासतमा राखेको थियो । तर, सरकारका आलोचकले सूचीविरुद्धका सबै आरोपहरु राजनीतिकरुपले प्रेरित रहेको बताएका छन् ।

आफूमाथिका आरोपहरुको सूचीले अस्वीकार पनि गरेकी छिन् ।

गतमहिना कोभिड प्रोटोकल उल्लंघनको आरोपमा उनीविरुद्ध चारवर्षको सजाय सुनाइएको थियो । तर, सेना प्रमुखले माफी दिँदै उनको सजायलाई आधा कटौती गरेका थिए ।-एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार