असार २३, २०८२ सोमबार July 7, 2025

भारतमा एकै दिन एक लाख ९४ हजार जनामा कोभिड संक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतमा कोभिड संक्रमण तीव्र वेगमा बढिरहेको छ । बुधबार  एकै दिन एक लाख ९४ हजार जनामा संक्रमण देखिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै कोभिड संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ ।

पछिल्लो समयमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा पनि संक्रमण बढेको छ । बुधबारको संक्रमण दर अघिल्लो दिनको तुलनामा १५ प्रतिशतले बढेको हो ।
भारतमा दैतिक संक्रममण दर औषतमा ११ प्रतिशत छ ।

भारतका २७ ओटा राज्य र युनियन टेरिटोरीमा ओमिक्रोन फैलिएको छ । संक्रमण बढेसँगै सरकारले बुस्टर डोज दिन थालेको छ । १५ देखि १८ वर्ष समूहका २ करोडभन्दा बढी युवाहरुले पूर्ण खोप लगाएका छन् ।

यसैबीच, रक्षामन्त्री राजनाथ सिंहलाई कोभिड पोजेटिभ भएको छ । सिंहलाई सामान्य लक्षण देखिएको छ । संक्रमण देखिएपछि उनी घरमै क्वारेन्टिनमा छन् । आफ्नो सम्पर्कमा रहेका सबैलाई आइसोलेसनमा बस्न र कोभिड परीक्षण गर्न उनले आग्रह गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार