मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

नेपालमा थप २९ सय २२ जनामा कोरोना संक्रमण पुष्टी : एक जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः पछिल्लो २४ घण्टामा नेपालमा २९ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४९४ जनाको पीसीआर परीक्षण गर्दा २९ सय २२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ४५ सय ८३ जनाको एन्टीजेन परीक्षण गर्दा ६३१ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन परीक्षणलाई हेर्दा संक्रमित हुनेको संख्या एकै दिन बिहीबार ३५ सय ५३ पुगेको छ ।

त्यसैगरी २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने २७१ जना निको भएका छन् । बिहीबार देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ३४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा तीन लाख ५६ हजार चार जनाले खोप लगाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया