असार २२, २०८२ आइतबार July 6, 2025

बग्दादस्थित अमेरिकी दूतावास परिसरमा रकेट आक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बगदादमा रहेको अमेरिकी दूतावासलाई बिहीबार संदिग्ध आतङ्कवादी समूहहरूले लक्षित गरी रकेट आक्रमण गरेको छ। रकेट आक्रमणमा एक महिला र एक युवती घाइते भएका छन् ।

दूतावासले ट्विटरमा भनेको छ, “आज साँझ अमेरिकी दूतावास परिसरमा इराकको सुरक्षा, सार्वभौमसत्ता र अन्तरराष्ट्रिय सम्बन्धलाई कमजोर पार्ने प्रयास गर्ने आतंकवादी समूहले आक्रमण गरेको थियो,” स्पुतनिक न्यूजले रिपोर्ट गरेको छ।

यसबाहेक, इराक सुरक्षा बलहरूले भने कि रकेटहरू बगदादको दक्षिणी क्षेत्रबाट प्रहार गरिएको र तथाकथित ग्रीन जोनलाई निशाना बनाइएको थियो जुन कूटनीतिक नियोग प्रशासनिक भवनहरू, र अमेरिकी दूतावास सहित अन्य दूतावासहरू रहेको क्षेत्र हो ।

अमेरिकी दूतावासलाई नियमित रूपमा इराक र सिरियामा आक्रमणको शृङ्खलामा मिसाइलहरूद्वारा निशाना बनाइएको छ जसमा इराकको ऐन अल-असद एयरबेस र सिरियाको ग्रीन भिलेज बेस नजिकै अप्रत्यक्ष रकेट आक्रमणहरू हुने गरेका छन्।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सको कुलीन कुड्स फोर्सका कमाण्डर कासिम सुलेमानीको हत्याको दोस्रो वर्षगाँठ अघि र पछि हाल आक्रमणहरू तीव्र पारिएका छन् । रासस-एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार