काठमाडौंः आज नेपालमा कोरोना भाइरसका ४ हजार ६ सय ३६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ४९ हजार २०४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, आज ३ सय ५० जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख १६ हजार ३ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा १४ हजार ५ सय ५६ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया