असार २२, २०८२ आइतबार July 6, 2025

भाजपाका योगी आदित्यनाथले गरे गोरखपुरबाट लाेकसभा लड्ने घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सबै अड्कलबाजीबीच भारतीय जनता पार्टी (भाजपा) ले शनिबार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको आफ्नो राजनीतिक प्रभाव क्षेत्र गोरखपुरबाट प्रतिस्पर्धा गर्ने घोषणा गरेको छ । गोरखपुरबाट नै उनले लगातार सन् २०१७ सम्म पाँच कार्यकालका लागि लोकसभामा प्रतिनिधित्व गरेका थिए ।

मध्यान्न पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै संघका मन्त्री तथा भाजपा उत्तर प्रदेश निर्वाचनका लागि जिम्मेवार धर्मेन्द्र प्रधानले पहिलो चरणमा ५८ सिटमध्ये ५७ र दोस्रो चरणमा ५५ मध्ये ४८ सिटका लागि उम्मेदवारको सूची सार्वजनिक गरेका छन् ।

भाजपाले प्रयागराजस्थित सिराथु निर्वाचन क्षेत्रबाट उपमुख्यमन्त्री केशवप्रसाद मौर्यलाई मैदानमा उतारेको छ भने मन्त्री श्रीकान्त शर्माले मथुराबाट प्रतिस्पर्धा गर्नेभएका छन् । यसअघि कहिल्यै विधानसभाका लागि निर्वाचन नलडेका आदित्यनाथले अयोध्या वा मथुराबाट प्रतिस्पर्धा गर्न सक्ने अनुमानहरू गरिएको थियो ।

भाजपा नेता हरनाथसिंह यादवले पार्टीका राष्ट्रिय अध्यक्ष जेपी नड्डालाई पत्र लेखेर मथुराबाट मुख्यमन्त्रीको सम्भावित उम्मेदवारको घोषणासहित उभ्याउन आग्रह गरेका थिए ।

सन् २०१७ को निर्वाचनमा भाजपाले मुख्य मन्त्रीको सम्भावित उम्मेदवार घोषणा नगरिकन ४०३ सदस्यीय उत्तर प्रदेश विधानसभामा ३०० भन्दा बढी सीट प्राप्त गरेको थियो । भाजपाको चुनावी अभियानमा निर्णायक भूमिका निर्वाह गरेका आदित्यनाथले २६ मार्च २०१७ मा उत्तर प्रदेशको मुख्यमन्त्रीको कार्यभार सम्हालेका थिए ।

आदित्यनाथले सन् १९९८ मा पहिलो पटक गोरखपुरबाट आम निर्वाचनमा प्रतिस्पर्धा गरी २६ वर्षकै उमेरमा १२ औं लोकसभामा सबैभन्दा कान्छा सांसद बनेका थिए । उनी नगरको गोरखनाथ मन्दिरका मुख्य पुजारी हुन । उनले आफ्नो धर्मपिता महन्त अवैदनाथको मृत्युपछि सेप्टेम्बर २०१४ मा यो जिम्मेवारी ग्रहण गरेका थिए ।

गोरखपुरका जनताले पुजारी र राजनीतिज्ञको रूपमा उनको छविलाई थप प्रभावशाली बनाउन मुख्यमन्त्रीलाई सघाउने बताएका छन् । भाजपा स्रोतका अनुसार आदित्यनाथलाई गोरखपुर नगरको प्रतिनिधित्व गर्नेगरी विधान सभाका लागि प्रतिस्पर्धामा उठाइने छ ।

विगतमा भाजपा उम्मेदवारहरू उदयप्रताप दुबे, रामलाल भाई, अवधेशकुमार श्रीवास्तव, सुनिल श्रेष्ठ, शिवप्रताप शुक्ल र राधा मोहनदास अग्रवालले पार्टीका लागि गोरखपुर (शहरी) सिट सुरक्षित गरेका थिए ।

राधा मोहनदास अग्रवालले सन् २०१७ मा भाजपाको टिकटमा गोरखपुरको शहरी सीटबाट ५५.८५ प्रतिशत मत ल्याएर विजयी भएका थिए ।

उत्तर प्रदेशका ४०३ वटा विधानसभा निर्वाचन क्षेत्रका लागि निर्वाचन फागुन १० गतेदेखि सात चरणमा हुने निर्वाचन आयोगले बताएको छ । उत्तर प्रदेशको विधान सभाको निर्वाचन फेब्रुअरी १०, १४, २०, २३, २७ र माघ ३ र ७ गते सात चरणमा हुनेछ । मतगणना मार्च १० बाट सुरू गरिनेछ । रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार