काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीकापुर घटनामा दोषी ठहर भएर जेलमा रहेका रेशम चौधरीलाई छिट्टै छुटाइने बताएका छन् ।
चौधरी फरार रहेका बेला प्रधानमन्त्रीको हैसियतमा आफूले भारतमा भेटेको, जेलमा पुगेपछि भेटेको भन्दै उनले भने, ‘सभामुख र पार्टीलाई भनेर सपथको निर्णय गराउन भूमिका खेल्ने पनि म हुँ भन्ने नबिर्सनुहोला ।’
माघीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले टीकापुर घटनाका झुटा मुद्दा खारेज गर्नुपर्छ भनेर बहस भइरहेको बताएका छन । उनले भने, ‘केही साथीहरु छुटेका छन् । रेशमलागायका साथीहरु छुट्न बाँकी छ । छुटाइन्छ, केही समय पर्खिनुहोला ।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया