श्रावण ४, २०८२ आइतबार July 20, 2025

असल जीवनसाथीको खोजीमा हुनुहुन्छ ? अब चिन्ता नलिनुहोस् ‘बिहेवारी डटकम’ लगईन गर्नुहोस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः माघको महिना चलिरहेको छ । मङ्सिरपछि धेरै बिहे हुने महिना हो यो ।नेपालको परिप्रेक्ष्यमा विवाह गराइदिने संस्था बिरलै देख्न पाइन्छ । यस्तोमा विगत चार वर्षदेखि धेरै जोडीको लगनगाँठो बाँधिरहेको छ बिहेवारी डटकमले ।

सन् २०१७ ताकाको कुरा हो, कम्पनीका संस्थापक अनन्त पौडेललाई उनका परिवारले बिहेमा जोड दिइरहेका थिए । उनले पत्रिकामा आफ्नै लागि दुलहीको खोजी गर्न थाले ।

दिनहुँजसो कान्तिपुर दैनिकको पछाडिको पेजमा आउने गरेको ‘बिहेवारी’ भन्ने कोलमले उनलाई व्यापारको युक्ति सुझाइदियो । दैनिक रुपमा आउने गरेका विवाहका प्रस्तावलाई उनले जम्मा गर्न थाले ।

सम्पर्क नम्बरहरू संकलन गरे । जोडी मिल्दो लाग्नेहरूलाई भेटाइदिन समेत थाले ।

मान्छेहरू उनीसँग यसरी जोडिन थालेपछि सुरुवातमा त उनी आश्चर्यचकित भए । उनका बाबा पेशाले पण्डित भएकाले पनि उनको राम्रै नेटवर्क थियाे ।

आईटीमा ब्याचलर गरेका अनन्त आफैं वेब होस्टिङ र कोडिङको काम गर्छन् । बिहेवारीको कामलाई नै व्यवसायको रुप दिन सकिन्छ भन्ने छाँट देखेपछि उनले हत्तपत्त अनलाइनमा बिहेवारीको डोमेन हेरे । कसैले लिएको थिएन । अनि तत्काल डोमेन लिएर डिजाइन गरे ।

देश-विदेशबाट फोन आउन थाल्यो । काम राम्रो चल्दै गएपछि उनले २०१९ मा बिहेवारीको एप लन्चका साथै संस्था दर्ता पनि गरे । ‘असल जीवनसाथी हरपल माथिमाथि’ भन्ने उनको अवधारणाले अन्ततः व्यसायको रुप लियो । पाँच जनालाई रोजगारी समेत दिए ।

हुन त अहिले सम्बन्धप्रति विश्वाश कम हुँदै गएको छ । आफन्तले खोजिदिएको सम्बन्ध त दिगो नहोला भन्ने आशंका रहन्छ । यस्तोमा सेवाग्राहीको मन जित्नु कम चुनौतीपूर्ण कुरा त पक्कै होइन ।

पौडेल भन्छन्, ‘प्रायजसोलाई यो अवधारणाको बारेमा सही रुपले बुझाउन नै कठिन हुन्छ । धेरैलाई लाग्दो रहेछ, यो सेवा अनलाइनबाट सामान खरिद-बिक्री गरेजस्तो हो । तर सम्बन्धको मामलालाई त्यति हलुका रुपमा लिएर कहाँ हुन्छ र !’

विवाहलाई सम्झौताको रुपमा स्वीकार्ने अनन्तले कतिपय सेवाग्राहीले त सामान मोलतोल गरेजस्तो समेत गर्ने गरेको बताए ।

उनी भन्छन्, ‘कुनै सजावटको सामाग्री छानेजस्तो यो मोडेलको चाहियो भन्छन्, जोडी पनि त सुहाउँदो हुनुपर्‍याे नि । ४० वर्षको दुलाहाको लागि २५/२६ को दुलही त मिल्दैन नि ! हामीले सामाजिक रुपमा सहज देखिने जोडी मात्र सिफारिस गर्छौँ ।’

पहिलो विवाह पारपाचुके भइसकेका जोडीको गराएको यो कम्पनीले हालसम्म १५ भन्दा बढी विवाह गराइसकेको छ ।

सुरुवाती दिनमा नै जापान र अष्ट्रेलियाबाट विवाहका लागि जोडी खोज्न कल आउने गरेको थियो । अहिले पनि नेपालभित्रका सेवाग्राही खासै गम्भीर नभएको उनी बताउँछन् ।

कतिपय सेवाग्राहीले मन मिलेपछि बाँकी शुल्क तिर्नुपर्ने लोभमा कम्पनीको सम्पर्कबाट बाहिरिएर सुटुक्क बन्धनमा बाँधिने गरेको तीतो अनुभव पनि उनले सुनाए । ‘तर विदेशमा बस्नेहरू भने कम्पनीमा भरोसा गर्ने र इमान्दारीतापूर्वक प्रस्तुत हुने गरेका छन्,’ उनले सुनाए ।

बिहेवारी डटकममा जोडिन चाहने सेवाग्राहीले कम्पनीको वेबसाइट, एप र फेसबुक पेजमार्फत फारम दर्ता गर्न सक्छन् ।

साथै कम्पनीको कार्यालयमै गएर समेत आफ्नो फारम दर्ता गराउन सक्छन् । जसका लागि निश्चित शुल्क लाग्ने कम्पनीका संस्थापक पौडेलले बताए ।

यसबाट औसत मासिक ४० देखि ४५ हजारसम्म आय गरिरहेको उनी बताउँछन् । कम्पनीले आम्दानीको २० प्रतिशत मासिक रुपमा अनाथलयलाई दान गर्ने गरेको छ ।

करिब पाँच लाखको लगानीमा सुरू गरेको यो व्यवसायमा २० लाखसम्म लगानी भइसकेकाे छ ।

‘व्यस्त समयमा प्रविधिको सदुपयोग गर्न चाहनेका लागि हाम्रो प्लेटफर्म सहयोगी हुनेछ । तसर्थ कम्पनीको भविष्य राम्रो हुने कुरामा हामी विश्वस्त छौँ,’ पौडेल भन्छन् ।

बिहेवारीले चिना, टिपन र भावनात्मक रुपमा जोडी मिलाउनुका साथै अन्य भूमिका निभाइरहेको छ । कम्पनीमार्फत् वैवाहिक कार्यक्रमको चाँजोपाँजो मिलाउने काम समेत पनि हुन्छ । त्यसैगरी विदेश जान चाहने, तर कागजी प्रकृयाको बारेमा जानकारी नभएकाहरूलाई डकुमेन्टेसनमा समेत सहयोग गर्दछ । भने, सम्बन्धमा दरार आएमा उनीहरूको सम्बन्धलाई जोगाउन विशेष परामर्शको व्यवस्था समेत गरिदिने काम बिहेबारीबाट नै हुन्छ ।

सेवाग्राहीले कम्पनीको बिना-जानकारी कुनै कदम चालेमा र कुनै घटना घटेमा त्यसको जिम्मेवार आफै हुनपर्ने पौडेलको भनाइ छ । साथै सेवाग्राहीले उपलब्ध गराएका जानकारीको बारेमा समेत स्वयम् जिम्मेवार हुनुपर्नेछ ।

अहिले एपमार्फत सेवाग्राहीले च्याटमा मात्र कुरा गर्न सक्दछन् । सेवालाई प्रभावकारी बनाउन अडियो र भिजुअल दुवै फिचर थप्ने प्रक्रियामा रहेको पौडेलले जानकारी दिए ।

डिजिटल मार्केटिङमा पनि छुट्टै टिम लगाएर काम गरिरहेका छन् उनले ।

काठमाडौंमा रहेर सेवा उपलब्ध गराइरहेको कम्पनीको ब्राण्डलाई व्यापक बनाउने योजनामा रहेका उनी भन्छ्न्, ‘चाँडै नै इटहरी र बुटवलमा शाखा खोल्ने तयारी भइरहेको छ । सातै प्रदेशमा शाखासहित सेवा विस्तार गरेर अन्तर्राष्ट्रिय रुपमा ब्राण्ड स्थापित सोच छ ।’ टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच छलफल
२०८२ श्रावण ४, आइतबार
तेस्रो ताप्लेजुङ गोल्डकप फुटबलमा भारतसहित आठ टोलीको सहभागिता
२०८२ श्रावण ४, आइतबार
पूर्वमधेस प्रदेश प्रमुख ‘अहिराज’ बालिका बलात्कार अभियोगमा काठमाडौंबाट पक्राउ
२०८२ श्रावण ४, आइतबार
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार