मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

बाँकेमा ४६ जनामा कोरोना पुष्टिः एक जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः मङ्सिर २६ पछि बाँकेमा कोभिडबाट पहिलो मृत्यु भएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ की ४१ वर्षीया महिलाको भेरी अस्पतालमा आज दिउँसो सवा १ बजे उपचारका क्रममा मृत्यु भएको छ । ओमिक्रोन फलिएपछि बाँकेमा यो पहिलो मृत्यु हो ।

पुस ३० गते नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा कोरोना पुष्टि भएकी उनी त्यसै दिन भेरी अस्पतालमा भर्ना भएकी थिइन् । उनले कोभिड विरुद्धको खोप नलगाएको वलीले जानकारी दिनुभयो ।

यसैबिच बाँकेमा थप ५८ जनामा कोभिड पुष्टि भएको छ । यहाँका ३ वटा ल्याबमा कोभिड परीक्षण गर्दा बाँकेका ४६ जनामा कोरोना पुष्टि भएको वलीले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया