श्रावण ४, २०८२ आइतबार July 20, 2025

फेसबुक इन्स्ट्यान्ट आर्टिकलबाट यसरी कमाउनुहोस् पैसा (टिप्स सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः के तपाईंलाई थाहा छ फेसबुकमा हरेक प्रकाशक वा लेखकलाई पैसा कमाउने प्लेटफर्म ‘फेसुबक इन्स्ट्यान्ट आर्टिकल’ को सुविधा छ । सन् २०१६ देखि मेटा (फेसबुक) ले ‘मेटा जर्नलिजम प्रोजेक्ट’ अन्तर्गत यो सेवा दिन सुरु गरेको हो ।

मोबाइलबाट वेबसाइट स्लो चल्ने, तुरुन्त लिंक क्लिक गर्दा नखुल्ने प्रकारका केही समस्यालाई सम्बोधन गर्दै कम्पनीले विशेष मोबाइल प्रयोगकर्ताका लागि यो सुविधा ल्याएको हो ।

तपाईंले पनि कहिलेकाहिँ याद गर्नुभएको होला, केही प्रकाशक विशेषगरी मिडियाले कुनै समाचारको लिंक नदिएर पुरा समाचार नै आफ्नो पोस्टमा राखेको । यसले पाठकलाई कुनै लिंकमा क्लिक गरेर अर्को लिंकमा गएर समाचार पढ्नुपर्ने झन्झट भएन र प्रकाशकले पनि आफ्नो लेखमार्फत पैसा कमाउन सक्ने भए ।

यसले गर्दा प्रकाशकले आफ्न लेख सहजै विश्वभरका फेसबुक प्रयोगकर्तामाझ पुर्‍याउन सक्छन् ।

मेटाले गरेको एक अध्ययनअनुसार फेसबुकमा उपलब्ध मोबाइल वेब आर्टिकलको लिंकमा भन्दा इन्स्ट्यान्ट आर्टिकलमा २० प्रतिशत बढी क्लिक गरिन्छ ।

त्यस्तै इन्स्ट्यान्ट आर्टिकलमा क्लिक गरेका प्रयोगकर्तामध्ये ७० प्रतिशतले पुरै लेख पढेको पाइएको छ भने तीमध्ये ३० प्रतिशतले आर्टिकल शेयर गर्ने गर्छन् ।

यसर्थ कुनै पनि कम्पनी वा व्यवसायको लागि विज्ञापनभन्दा पनि इन्स्ट्यान्ट आर्टिकल बढी लाभदायक हुनसक्छ । तर फेसबुक इन्स्ट्यान्ट आर्टिकलबाट कसरी पैसा कमाइन्छ त ? यहाँ तल उल्लेख गरिएको छ ।

इन्स्ट्यान्ट आर्टिकल कसरी बनाउने ?

१. साइनअप गर्नुहोस्

इन्स्ट्यान्ट आर्टिकल बनाउन सबैभन्दा सुरुमा यो प्रोग्रामको लागि तपाईंले साइन अप गर्नुपर्छ । यसका लागि यहाँ क्लिक गर्नुहोस् । साइन अप गर्नका लागि तपाईंको पहिलेदेखि नै प्रयोगमा रहेको र तपाईं एडमिन अथवा इडिटर भएको फेसबुक पेज हुन जरुरी छ । यो लिंक ओपन गरेर ‘स्टार्ट अर्निङ’ मा क्लिक गर्नुहोस् ।

२. आफ्नो फेसबुक पेज छनौट गर्नुहोस् 

यो प्रोग्रामको लागि साइन अप गरिसकेपछि तपाईंलाई फेसबुक पेज छनौट गर्न दिइन्छ । त्यहाँ गएर आफ्नो फेसबुक पेज छनौट गर्नुहोस् । स्क्रिनको दाहिनेतिर ‘इन्स्ट्याट आर्टिकल’ भन्ने अप्सनको ‘सेटअप’ मा क्लिक गर्नुहोस् ।

३. डोमेन क्लेम गर्नुहोस् 

यो चरणमा पुगेपछि तपाईंले ‘प्रडक्सन आर्टिकल फर रिभ्यु’ अन्तर्गत चारवटा अप्सन देख्नुहुनेछ । त्यसमा क्लिक गरेर आफूले प्रयोग गर्ने वेबसाइटको यूआरएल राख्नुहोस् ।

त्यहाँ रहेको यो ट्यागलाई <meta property=”fb:pages” content=”1916449461910360″ /> आफ्नो वेबसाइटको एचटीएमएलमा एड गरेर सब्मिट गरिदिनुहोस् । यदि तपाईं वर्डप्रेस प्रयोग गर्नुहुन्छ भने यहाँ क्लिक गरेर आफ्नो यूआरएल क्लेम गर्नुहोस् ।

४. आर्टिकल क्रियट गर्नुहोस्

यसपछि तपाईंले आफ्ना आर्टिकलहरू पोस्ट गर्न सक्नुहुन्छ । आफ्नो पेजको कन्टेन्ट म्यानेजमेन्ट सिस्टममार्फत तपाईंले सोझै आर्टिकल पोस्ट गर्न सक्नुहुन्छ । साथै आरएसएस अथवा एपीआई प्रयोग गरेर पेजमा आफ्नो ब्लग पनि लिंक गर्न सक्नुहुन्छ ।

५. डिजाइन गर्नुहोस् 

तपाईंले आफ्नो आर्टिकलको डिजाइन आफ्नो इच्छा अनुरूप उपलब्ध डिजाइनहरूमा कस्टमाइज गर्न सक्नुहुन्छ । आर्टिकलको तस्वीर, फन्ट साइज, फन्ट कलर लगायतमा परिवर्तनहरू गर्न सक्नुहुन्छ ।

६. ‘सब्मिट फर रिभ्यु’

यति गरिसकेपछि ‘सब्मिट फर रिभ्यु’ मा क्लिक गर्नुहोस् । मेटाले तपाईंको वेबसाइटमा भएका सबै आर्टिकलहरू ठीक छन् कि छैनन् भनेर भेरिफाई गर्नेछ । यसको लागि २४ देखि ४८ घण्टाको समय लाग्छ ।

७. इन्स्ट्यान्ट आर्टिकल मोनिटाइज गर्नुहोस् 

तपाईंले इन्स्ट्यान्ट आर्टिकलको सम्पूर्ण प्रक्रिया पुरा गरिसकेपछि आफ्नो आर्टिकल मोनिटाइज गर्न सक्नुहुन्छ ।

तपाईंको आफ्नो आर्टिकल मार्फत विज्ञापन सामग्री राख्न सक्नुभयो भने फेसबुकले तपाईंको शतप्रतिशत आम्दानी तपाईंलाई नै दिन्छ भने यदि तपाईंले फेसबुक अडियन्स नेटवर्क मार्फत विज्ञापन बेच्नु भएको छ भने तपाईंकाे आम्दानीको ३० प्रतिशतले फेसबुकले लिन्छ ।-टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच छलफल
२०८२ श्रावण ४, आइतबार
तेस्रो ताप्लेजुङ गोल्डकप फुटबलमा भारतसहित आठ टोलीको सहभागिता
२०८२ श्रावण ४, आइतबार
पूर्वमधेस प्रदेश प्रमुख ‘अहिराज’ बालिका बलात्कार अभियोगमा काठमाडौंबाट पक्राउ
२०८२ श्रावण ४, आइतबार
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार