काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । बुधबार तोलामा ७४ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन ७४ हजार ४०० मा कारोबार भएको छ । यस्तै चाँदी तोलामा ८८५ रुपैयाँमा कारोबार भएको छ । बुधबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया