असार २२, २०८२ आइतबार July 6, 2025

रुसी राष्ट्रपति पुटिन र इरानी समकक्षी इब्राहिम बीच भेट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना इरानी समकक्षी इब्राहिम रायसीलाई भेटेर अफगानिस्तानको अवस्थाबारे आफू चिन्तित भएको र यस विषयमा छलफल गर्न चाहेको बताएको स्पुतनिकले जनाएको छ।

अब अवश्य पनि तपाईं र हामी दुबै अफगानिस्तानमा विकास भइरहेको अवस्थाको बारेमा चिन्तित छौँ। म तपाईंसँग यी सबै मुद्दाहरू छलफल गर्न चाहन्छु र यस समस्यामा तपाईंको धारणा जान्न चाहन्छु,स्पुतनिकले पुटिनलाई उद्धृत गर्दे लेखेको छ। सो अवसरमा इरानी पक्षले भने मस्कोलाई २० वर्षको अवधिका लागि रणनीतिक सहयोग सम्झौताको मस्यौदा हस्तान्तरण गरेको छ । इरानी राष्ट्रपति इब्राहिम रायसीले मस्कोमा भ्लादिमिर पुटिनसँगको वार्तापछि बुधबार सो कुरा उल्लेख गरेको  टास समाचार एजेन्सीले जनाएको छ ।

हामीले हाम्रा रुसी सहकर्मीहरूलाई हाम्रा देशहरू बीचको रणनीतिक सहयोगसम्बन्धी कागजात हस्तान्तरण गर्यौं यसले कम्तिमा २० वर्षका लागि सहकार्यका सम्भावनाहरू निर्धारण गर्न सक्ने कुरामा विश्वासको वातावरण निर्माण गर्नेछ, रायसी भने ।

उनले तेहरान र मस्कोबीचको व्यापारको वर्तमान स्तर सन्तोषजनक नभएको भन्दै आर्थिक सहयोग बढाउन सुझाव दिएका थिए।

रायसी बुधबार औपचारिक भ्रमणका क्रममा मस्को पुगेका हुन् । इरानी राजनीतिज्ञले पदभार ग्रहण गरेपछि पुटिनसँगको यो पहिलो भेट हो। रायसीले बिहीबार रुसको स्टेट डुमा र मस्कोको क्याथेड्रल मस्जिदमा सम्बोधन गर्ने अपेक्षा पनि गरिएको छ । रासस-एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार