असार २२, २०८२ आइतबार July 6, 2025

कोभिडले न्युजिल्यान्डकी प्रधानमन्त्रीको विवाह रोकियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डौंः न्युजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डेनले कोभिडका कारण विवाह स्थगित गर्न बाध्य भएको बताएकी छिन् । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएपछि प्रधानमन्त्री आर्डेनले विवाह स्थगित गरेकी हुन् ।

‘ कोभिडका कारण मेरो विवाह यसअघि तोकिएको मितिमा नहुने भएको छ,’ उनले भनिन् । सरकारले विवाहलगायतका ठूला जमघट हुने कार्यक्रममा बढीमा १०० जना मानिस भेला हुन पाउने जनाएको छ । तर, ती सबै जनाले पूर्ण खोप लगाएको हुनुपर्छ ।

आफू महामारीबाट प्रभावित न्युजिल्यान्डका अन्य नागरिक जस्तै प्रभावित भएको उनले बताएकी छिन् । ‘महामारीका कारण म पनि अन्य नागरिक जस्तै प्रभावित बनेकी छु,’, प्रधानमन्त्रीले भनिन् ।

आर्डेन र उनका लामो समयदेखिका पार्टनर क्लार्क गेफोर्डले अहिलेसम्म आफ्नो विवाहको मिति सार्वजनिक गरेका छैनन् । ४१ वर्षीय आर्डेन र उनका पार्टनर क्लार्कको तर्फबाट एक सन्तान छन् । केही सातापछि उनीहरुको विवाह गर्ने कार्यक्रम रहेको न्युजिल्यान्डका सञ्चार माध्यमहरुले जनाउँदै आएका छन् ।

न्युजिल्यान्डमा अहिलेसम्म १५ हजार १०४ जनामा कोभिड देखिएको छ  । महामारी सुरु भएपछि अहिलेसम्म ५२ जनाको मृत्यु भएको छ। न्युज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार