मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

काँग्रेस नेता सिटौलाद्वारा अक्सिजन प्लान्ट उद्घाटन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमण्डौंः मेची प्रादेशिक अस्पताल भद्रपुरमा ११० सिलिन्डर क्षमताको अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ ।

नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले आज एक कार्यक्रमबीच उद्घाटन गरेसँगै उक्त अक्सिजन प्लान्ट सञ्चालनमा आएको हो । नेपाल चिकित्सक सङ्घले अस्पताललाई ११० सिलिन्डर क्षमताको प्लान्ट उपलब्ध गराएको थियो । प्लान्ट स्थापनार्थ नेता सिटौलाले पहलसमेत गर्नुभएको थियो ।

कार्यक्रममा चिकित्सक सङ्घका अध्यक्ष डा लोचन कार्कीले सङ्घको पहलमा चुजी फाउन्डेसन ताइवानले मेची प्रादेशिक अस्पताललाई अक्सिजन प्लान्ट सहयोगस्वरूप उपलब्ध बताउनुभयो । प्रदेश नं १ सरकारले उपलब्ध गराएको ३५ सिलिन्डर क्षमताको अक्सिजन प्लान्ट सञ्चालित छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया