असार २२, २०८२ आइतबार July 6, 2025

तालिबान प्रतिनिधिमण्डल ओस्लोमा, पहिलो दिनको वार्तामा महिला तथा मानव अधिकारबारे छलफल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अफगानिस्तानको सत्तामा फर्किएपछि युरोप भ्रमण गर्ने पहिलो तालिबान प्रतिनिधिमण्डलले आइतबार ओस्लोमा वार्ता सुरु गरेको छ । पश्चिमी अधिकारीहरूसँग अत्यधिक अपेक्षा गरिएको भेटवार्ताभन्दा अगाडि अफगानिस्तान नागरिक समाजका सदस्यहरूले मानवअधिकारमा केन्द्रित रहेर वार्ता गरेका बुझिएको छ ।

विदेश मन्त्री आमिर खान मुताकीको नेतृत्वमा रहेको उक्त प्रतिनिधिमण्डलले आफ्नो तीन दिने भ्रमणको पहिलो दिन महिला कार्यकर्ता र पत्रकारहरूसँग वार्तालाई समर्पण गर्ने भएको छ ।

नर्वेको मध्यस्थतामा भइरहेको र अफगानिस्तानमा मानव अधिकार र मानवीय संकटमा केन्द्रित हुने चर्चा ओस्लोको बाहिरी भागमा रहेको सोरिया मोरिया होटलमा गोप्यरूपमा भइरहेको छ ।

सत्ताच्युत भएको २० वर्षपछि फेरि सत्तामा फर्केका तालिबान समूहले सत्ता सम्हालेपछि मानवीय स्थिति एकदमै खस्किएको छ ।

कब्जापछि अन्तरराष्ट्रिय सहयोग अकस्मात् रोकियो र थुप्रै गम्भीर सङ्कटपछि भोकमरीबाट पीडित लाखौं मानिसहरूको अवस्था झनै नाजुक बनेको छ ।

कट्टर इस्लामवादीहरूलाई सन् २००१ मा अमेरिकी नेतृत्वमा भएको गठबन्धनले सत्ताच्यूत गरेको भएपनि पश्चिमी सेनाहरूको गठबन्धनले देश छोड्न नपाउँदै उनीहरूले सत्तामा कब्जा जमाइसकेका थिए ।
अहिलेसम्म कुनै पनि देशले तालिबान सरकारलाई मान्यता दिएको छैन । नर्वेली विदेश मन्त्री अनिकेन हुइटफेल्टले भन्नुभयो, “वार्ताले तालिबानको वैधता वा मान्यताको प्रतिनिधित्व गर्ने छैन ।”

उहाँले भन्नुभयो, “तर हामीले देशका वास्तविक अधिकारीहरूसित कुरा गर्नै पर्छ । हामी राजनैतिक स्थितिलाई अझ खराब मानवीय सङ्कटतर्फ जान दिनु हुँदैन ।”

सोमबार तालिबानले संयुक्त राज्य अमेरिका, फ्रान्स, बेलायत, जर्मनी, इटाली र युरोपियन युनियनका प्रतिनिधिसँग भेटवार्ता गर्नेछन् भने मंगलबार नर्वेका अधिकारीसँग द्विपक्षीय वार्तामा समर्पित हुनेछन् ।

शनिबार एएफपीसँगको अन्तर्वार्तामा तालिबान प्रवक्ता जाबिहुल्लाह मुजाहिदले कट्टर इस्लामवादीहरूले युद्धको वातावरणलाई रुपान्तरण गर्न र शान्ति स्थापनाका लागि वार्ता आवश्यक रहेको बताउनुभयो ।

काबुलबाट प्रतिनिधिमण्डलमा सम्मिलित हुन तालिबान आन्दोलनको सबैभन्दा कडा गुटका नेता अनास हक्कानी ओस्लो पुग्नुभएको छ । हक्कानी नेटवर्क अफगानिस्तानका केही विनाशकारी आक्रमणहरूका लागि जिम्मेवार छ ।

कुनै औपचारिक सरकारी पदाधिकारी नभएका उहाँ सन् २०१९ मा कैदी साटासाटमा मुक्त हुनुभन्दा पहिले राजधानी काबुल बाहिर रहेको संयुक्त राज्य अमेरिकाको बाग्राम हिरासत केन्द्रमा केही वर्ष जेल पर्नुभएको थियो । रासस- एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार