असार २४, २०८२ मंगलबार July 8, 2025

सत्य निरुपण तथा बेपत्ता छानबिन आयोगका ऐन संशोधन गर्न नेकपा र कांग्रेस सहमत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको ऐन संशोधन गर्न सत्तारुढ र प्रमुख प्रतिपक्षी दल सहमत भएका छन्।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सातै प्रदेशबाट आएको सुझाब, सर्वोच्च अदालतले उठाएका प्रश्न सबैलाई सम्बोधन गर्नेगरी दुबै ऐन संशोधन गर्ने सहमति भएको हो।

ऐन संशोधन गरेर संसदमा पेश गर्ने सत्ता र प्रतिपक्ष दुवै तयार भएको बैठकमा सहभागी नेकपा नेता तथा कानुनविद् खिमलाल देवकोटाले जानकारी दिएका छन।

‘सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको विधेयक संशोधन गरेर चाँडो सदनमा पेस गर्ने सहमति भएको छ,’ देवकोटाले भने,‘सर्वोच्च अदालतले उठाएका प्रश्न र सातै प्रदेशमा आएका परामर्शका आधारमा उठाइएका सुझाब समेटिने छ।

देवकोटाका अनुसार दुबै आयोगका ऐन संशोधनका लागि पुस २८ गते सातै प्रदेशमा द्वन्द्वपीडितसहित सरोकारवालाहरुसँग छलफल गरिएको थियो। सोही परामर्श छलफलमा आएका सुझाबलाई समेटेर ऐन संशोधन गर्ने सहमति बैठकमा भएको कांग्रेसका नेता डा.मीनेन्द्र रिजालले बताएका छन।

बालुवाटारमा बसेको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपाका नेता खिमलाल देवकोटा तथा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, नेताहरु डा।मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए।

दुबै आयोगको नेतृत्व चयनका लागि पनि सिफारिस समितिले काम गरिरहेको र एकदुई दिनमा नाम सार्वजनिक गर्ने देवकोटाले बताएका छन। आजको बैठकमा आयोगको पदाधिकारीको विषयमा कुरा भएन त्यस विषयमा सिफारिस समितिले काम गरिरहेको छ’, उनले भने।

यसअघि ऐन संशोधन नै नगरी सरकारले संक्रमणकालीन न्यायसम्बन्धी दुई अयोगमा पदाधिकारी नियुक्त गर्न खोजेको भन्दै द्वन्द्वपीडित तथा सरोकारवालाले आपत्ति जनाएका थिए ।
आयोगमा पदाधिकारी नियुक्त गर्नुअघि सर्वोच्च अदालतले २०७१ मा दिएको आदेशअनुसार ऐन संसोधन गर्नुपर्ने उनीहरुको बटमलाइन छ।

द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीले ऐन संशोधनका लागि राज्यलाई खबरदारी गर्दै आएको बताएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार