असार २२, २०८२ आइतबार July 6, 2025

कम्बोडिया र मलेसियाका प्रधानमन्त्रीको फोनवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कम्बोडिया र मलेसियाका प्रधानमन्त्रीबीच फोनवार्ता भएको छ । उहाँहरुबीच मंगलबार फोनमा कुराकानी भएको कम्बोडियाली विदेश मन्त्रालयले जनाएको छ ।

कम्बोडियाका प्रधानमन्त्री सम्डेक टोको हुनसेन र मलेसियाली प्रधानमन्त्री इस्माइल साबिरी याकोबीचको सो फोनवार्तामा द्धिपक्षीय विविध विषयमा कुराकानी भएको थियो ।

कम्बोडिया एसोसिएसन अफ साउथ इस्ट एसियन नेसन, आसियनको सन् २०२२ का लागि अध्यक्ष राष्ट्र पनि हो । त्यस फोनवार्ताका क्रममा आसियनका पनि विभिन्न विषयहरुमा छलफल भएको पनि कम्बोडियाको विदेश मन्त्रालयले मंगलबार प्रकाशन गरेको प्रेस वक्तव्यमा जानकारी दिएको छ ।

त्यस फोनवार्ताका क्रममा कम्बोडियाली प्रधानमन्त्री हुनसेनले हाल कम्बोडियामा काम गरिरहेका मलेसियाली नागरिकहरुलाई कोभिडका विरुद्धको खोपदेखि अरु पनि सहयोग गर्ने बाचा गर्नुभएको बताइएको छ ।उहाँहरुबीच कोभिड महामारीका विरुद्धमा एक भएर लड्ने र एक आपसमा सहयोग उपलब्ध गराउने विषयमा पनि समझ्दारी भएको पनि उक्त वक्तव्यमा बताइएको छ । रासस-सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार