असार २२, २०८२ आइतबार July 6, 2025

विश्व इतिहासमा आजः आणविक हतियारसम्बन्धि तीन देशबीच सन्धिदेखि भियतानम युद्ध अन्त्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आज २७ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः

 आणविक हतियारसम्बन्धि सन्धि तीन देशबीच सन्धि

सन् १९६७ मा अमेरिका, बेलायत र सोभियत युनियनबीच आणविक हतियारबारे एउटा महत्वपूर्ण सन्धि भएको थियो । सन्धिले  अन्तरिक्षको बाहिरी सतहमा आणविक हतियार परिचालन गर्न रोक लगाएको थियो ।

तीन अन्तरिक्ष यात्रीको मृत्यु

सन् १९६७ को २७ जनवरीमा अन्तरिक्ष अभियान एपोलो १ मिसनको तयारीमा रहेका तीन जना अन्तरिक्ष यात्रीको जलेर मृत्यु भएको थियो । उनीहरुलाई बोकेको यानमा अकस्मात प्राविधिक समस्या देखिएपछि आगो लागेको थियो । सो घटनाले नासाको लुनार अवतरण कार्यक्रमलाई झट्का लागेको थियो ।

रुसी फौजद्वारा अस्चिविज स्वतन्त्र

सन् १९४५ मा रुसी फौजले विश्वयुद्धमा नाजीले हत्या गरेको कुख्यात ठाउँ अस्चिविजललाई स्वतन्त्रत गरेको थियो । पोल्यान्डको अस्चिविजनजिक क्याम खडा गरेर जर्मनीको तत्कालीन नाजी शासकले ११ लाख मानिसको हत्या गरेको थियो ।

भियतानम युद्ध अन्त्य

सन् १९७३ को २७ जनवरीमा भियतनाम युद्ध समाप्त भएको थियो । फ्रान्सको राजधानी पेरिसमा भएको सन्धिपछि अमेरिकाले भियतानम युद्ध घोषण भएको अन्त गरेको थियो । भियतनाम युद्धमा हजारौंको मृत्यु भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार