असार २२, २०८२ आइतबार July 6, 2025

मस्कको स्पेसएक्स कम्पनीले पठाएको रकेट अन्तरिक्षमा अनियन्त्रित, चन्द्रमामा बिस्फोटको जोखिम बढ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकी विद्युती गाडी कम्पनी टेस्लाका मालिक एलन मस्कको स्पेसएक्सले अन्तरिक्षमा  पठाएको रकेट अनियन्त्रित भई चन्द्रमामा दुर्घटना र बिस्फोट हुने अवस्थामा रहेको विवरणहरु सार्वजनिक भएका छन् ।

स्पेसएक्सले पठाएको फाल्कन ९ बुस्टर सन् २०१५ मा अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो । तर, आफ्नो मिसन पुरा गरेपछि पृथ्वीमा फर्किन  पर्याप्त इन्धन नभएपछि सो क्षेप्यास्त्र अन्तरिक्षमै रहेको थियो ।

फाल्कन ९चन्द्रमामा ठोकिने पहिलो अनियन्त्रित क्षेप्यास्त्र हुने अन्तरिक्ष यात्री जोनाथान म्याकडोवेलले बीबीसीलाई बताए । तर, यसको असर भने सानो हुने उनको भनाई छ ।

स्पेस वेदर स्याटलाइटलाई पठाउने आफ्नो मिसन पुरा गरेपछि क्षेप्यास्त्रलाई सात वर्षअघि उच्च अक्षमा छोडिएको थियो । मस्कको अन्तरिक्ष अनुसन्धान कार्यक्रम स्पेसएक्सअन्तर्गत सो रकेट आफ्नो मिसनमा थियो ।

अन्तरिक्षमा मानिहरुको सम्भावित बसोबासबारे मस्को सो कम्पनीले अध्ययन गरिरहेको छ ।

सन् २०१५ देखि सो क्षेप्यास्त्रलाई पृथ्वी, चन्द्रमा र सूर्यको विभिन्न गुरुत्वाकर्षण शक्तिले तानेकोले उसको मार्गलाई झनै अनियन्त्रित बनाएको अमेरिकास्थित हार्वड स्मिथसोनियन सेन्टर फर एस्ट्रोफिजिक्सका प्राध्यापकसमेत रहेका म्याकडोवेल बताउँछन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
२०८२ असार २२, आइतबार
कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रुपमा अघि बढाइनेः प्रधानमन्त्री ओली
२०८२ असार २२, आइतबार
पोखरामा डेङ्गु रोकथामका लागि यस्तो छ तयारी
२०८२ असार २२, आइतबार
टेक्सासमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, बेपत्ता बालिकाको खोजी
२०८२ असार २२, आइतबार
त्रिवि क्रिकेट मैदान किर्तिपुरमा कुर्सी जडान सुरु
२०८२ असार २२, आइतबार
गाउँगाउँमा ताजिया खेलेर मोहर्रम मनाइँदै
२०८२ असार २२, आइतबार