असार २२, २०८२ आइतबार July 6, 2025

अमेरिकाद्वारा बंगलादेशलाई ७४ लाख मात्रा कोभिड भ्याक्सिन सहयोग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः संयुक्त राज्य अमेरिकाले कोभिड–१९ विरूद्धको खोपको अर्को ७४ लाख मात्रा शुक्रबार बङ्गलादेश पठाएको छ ।

“विश्वभर महामारीको अन्त्य गर्न अमेरिकी प्रतिबद्धताका लागि धन्यवाद, संयुक्त राज्य अमेरिकाले ७४ लाख ३४ हजार १८० मात्रा कोभिडविरूद्धको खोप बङ्गलादेशका लागि पठाएको छ,” ह्वाइट हाउसका एकजना अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा एएफपीसँग भने ।

सार्वजनिक–निजी साझेदारी गावीको सह–नेतृत्वमा विश्वव्यापी वितरण पहलमा विश्वभर कोभाक्सको ४० करोडभन्दा बढी खोप अमेरिकाले विदेशलाई सहयोग गरिसकेको ती अधिकारीले बताए ।

वासिङ्टनले विश्वभर एक अर्ब १० करोडभन्दा बढी खोपको मात्रा सहयोग गर्र्ने वचन दिएको छ । अमेरिकी यस बचन पालना हुनसकेमा अन्य कुनै पनि देशले भन्दा बढी खोप सहयोग गर्ने मुलुक अमेरिका बन्नेछ ।

अमेरिकाले ग्वाटेमालादेखि पापुआ न्यु गिनीजस्ता देशहरूमा खोपहरू पठाइसकेको छ । अमेरिकी खोप अक्सर चीन र रूस हुँदै अन्य मुलुक जाने गर्छन् जसलाई अमेरिकाको खोप कूटनीति भनिने गरिएको छ ।

जोन्स हकिन्स विश्वविद्यालयको तथ्याङ्कअनुसार बङ्गलादेशमा करिब १७ लाख ५० हजार मानिस कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । यसमध्ये २८ हजारभन्दा बढी सङ्क्रमितको भएको तथ्याङ्क रहेको छ । विश्वकै सबैभन्दा गरिब देशहरूमध्ये एक, बङ्गलादेशले लगभग १६ करोड ५० लाख मानिसहरूमध्ये ३६ प्रतिशतलाई पूर्ण खोप लगाएको छ ।

केइजर फेमिली फाउन्डेसनको तथ्याङ्कअनुसार संयुक्त राज्य अमेरिकाले बङ्गलादेशमा कोभिडविरूद्धको दुई करोड ८४ लाख मात्रा खोपहरू यस पहिले नै पठाइसकेको छ । रासस-एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार