असार २२, २०८२ आइतबार July 6, 2025

युक्रेन र फ्रान्सका राष्ट्रपतिबीच फोनवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः युक्रेनका राष्ट्रपति भोलोदमिर जिलिन्स्किी र फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँबीच फोन वार्ता भएको छ । उहाँहरुबीच शनिबार फोनवार्ता भएको युक्रेनका राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

शनिबार भएको सो फोनवार्ताका क्रममा युक्रेनमा पछिल्लो समयमा विकसित राजनीतिक विकासक्रमका बारेमा कुराकानी भएको बताइएको छ ।

समाचारमा जनाइएअनुसार उहाँहरुका बीचमा खासगरी पूर्वी युक्रेनमा रुसका कारणले उत्पन्न भएको परिस्थितिका विषयमा कुराकानी भएको बताइएको छ ।पूर्वी युक्रेनको रुसी सीमा क्षेत्रमा पछिल्लो समयमा रुसले ठूलो संख्यामा सैनिक तैनाथ गरेको बताइएको छ । यसलाई अमेरिका, बेलायतलगायतका पश्चिमा देशहरुले रुसले युक्रेनमाथि हमला गर्न लागेको बताइरहेका छन् ।

तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने अमेरिकी यस भनाईको खण्डन गर्नुभएको छ । उहाँले युक्रेनमा हमला गर्ने योजना नरहेको बताउनुभएको छ ।रासस-सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार