बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

एमसीसी सम्झौता नेपालको हितमा छ : थापा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान नेपालको हितमा रहेको दाबी गरेका छन् ।

अमेरिकाले नेपालकै आग्रहअनुसार एमसीसी परियोजनमार्फत पाँच वर्षभित्र नेपालमा करिब ६० अर्ब खर्च गर्ने गरी अन्तरदेशीय प्रसारणलाइन तथा सडक स्तरोन्नति तथा अन्य संरचना निर्माणको लागि आउन लागेको अनुदान रकम स्वीकार गर्नु नेपालको हितमा रहेको उनले बताएका छन ।

पार्टीको भ्रातृ संगठन युनियन महासंघ नेपालको बागमती प्रदेशस्तरीय श्रमिक भेलाको उद्घाटन गर्दै थापाले भने, ‘एमसीसी सम्झौता सदनबाट पास भएपछि नेपालमा कुनै पनि किसिमको सैन्य गतिविधि हुँदैन । यो अपरिपक्व अभिव्यक्ति हो ।’

उनले एमसीसी र इण्डोप्यासिफिकलाई एउटै टेवलमा राखेर हेर्न नहुने धारणा राखे । ‘यसलाई पनि अरुण तेस्रो जस्तो धरापमा पार्न खोजिएको छ । यो नेपाल र छिमेकी राष्ट्रको अहितमा छैन । यसलाई पास गरेर जानु नै नेपालको हितमा हुनेछ’, पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले भने ।

वर्तमान सरकार जनताको दैनिकीसँग जोडिएको समस्या समाधान गर्नुको साटो भ्यूटावर निर्माणतर्फ केन्द्रित भएको भन्दै उनले सरकारको आलोचना गरेका छन । ‘शिक्षा, स्वास्थ्य र बाटोघाटोभन्दा पनि सबैतिर भ्यूटावर बनाउनेतर्फ अत्याधिक बहुमतको स्थायी सरकार केन्द्रीत भएको देख्दा अच्चम लाग्छ’ थापाले भने ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालका प्रजनन स्वास्थ्य अधिकारका मुद्दा विश्व मञ्चमा
२०८३ बैसाख १८, शुक्रबार
सडक डिभिजन जुम्लाको चालु आवको नौ महिनामा पुँजीगत खर्च २६ प्रतिशत
२०८३ बैसाख १८, शुक्रबार
पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल
२०८३ बैसाख १८, शुक्रबार
टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’
२०८३ बैसाख १८, शुक्रबार
राष्ट्रपतिद्धारा बुद्ध जयन्तीको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार