मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

नेपालमा थप ५ हजार २ सय ९२ जनामा कोरोना संक्रमण पुष्टी, ८ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार २९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

गत चौबीस घन्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ।

यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७ सय ४३ पुगेको छ।

शुक्रबार ८ हजार १ सय ९१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। हाल देशभर ७९ हजार २ सय ७२ जना सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा १० हजार ३ सय ६८ पीसीआर तथा ५ हजार ७२० एन्टिजेन परीक्षण भएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया