बैसाख २१, २०८३ सोमबार May 4, 2026

अमेरिकाले रसियालाई युद्धमा तान्योः पुटिन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रसियाली राष्ट्रपति भ्लालमिर पुटिनले युक्रेन विवादलाई लिएर अमेरिकाले आफ्नो देशलाई युद्धमा तानेको आरोप लगाएका छन् । युक्रेन तनावबारे पहिलो पटक बोल्दै राष्ट्रपति पुटिनले रसियामाथि अझै बढी प्रतिबन्ध लगाउन विवादलाई बहाना बनाउनु अमेरिकाको उदेश्य भएको आरोप लगाए ।

युरोपमा अमेरिकी नेतृत्वको सैन्य गठबन्धन फौज नेटोबारे रसियाको चासोलाई अमेरिकाले बेवास्ता गरेको पुटिनले बताए । रुसले युरोपको सीमामा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेपछि दुई देशबीच सम्बन्ध बिग्रिएको छ ।

युक्रेनको सीमामा ट्यांक, आर्टिलरीलगायतका अत्याधुनिक हतियारसहित एक लाख रुसी सुरक्षाकर्मी तैनाथ छन् ।

रसियाले युक्रेनमाथि आक्रमणको योजना गरेको भन्ने पश्चिमेली देशको आरोपलाई मस्कोले अस्वीकार गर्दै आएको छ । करिब आठ वर्षअघि रसियाले युक्रेनको दक्षिणी भूभाग क्रिमियालाई बिलय गराउन सफल भएको थियो । त्यस्तै, उसले पूर्वी दोनबास क्षेत्रका विद्रोहीको रक्तपातपूर्ण युद्धलाई पनि समर्थन जनाएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
२०८३ बैसाख २१, सोमबार
कृत्रिम गन्ध प्रविधिबाट मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण प्रयास
२०८३ बैसाख २१, सोमबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ बैसाख २१, सोमबार
ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती
२०८३ बैसाख २१, सोमबार
जर्मनीका विदेशमन्त्री र इरानी समकक्षीबिच फोनवार्ता, हर्मुजलाई पुनः खोल्न माग
२०८३ बैसाख २०, आइतबार
‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’ – मुख्यमन्त्री शाह
२०८३ बैसाख २०, आइतबार
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
२०८३ बैसाख २०, आइतबार