काठमाण्डौंः सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित भन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दोब्बर बढी रहेको छ । शुक्रबार यस प्रदेशमा १२५ मा सङ्क्रमण पुष्टि हुँदा निको हुनेको सङ्ख्या भने ३२६ रहेको छ ।
यो सङ्ख्या दोब्बरभन्दा बढी हो । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन बिधिबाट एक हजार ५९को नमूना परीक्षण गर्दा १२५मा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पीसीआरमार्फत ४८ र एन्टीजेनमार्फत ७७ जनामा पुष्टि भएको हो । यस्तै गएको २४ घण्टामा प्रदेशभर ३२६ जना निको भएका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन ।
यसअघि बिहीबार यस प्रदेशमा १७२ मा सङ्क्रमण पुष्टि हुँदा २२४ निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६२५ को ज्यान गइसकेको छ ।रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया