काठमाडौंः बेलायती के प्रधानमन्त्री बोरिस जोनसनको टीममा राजीनामा बुझाउने संख्या बढेको छ । उनका नीति सलाहकार एलीना नारोजास्कीले राजीनामा दिनेको सूचीमा नाम थपिएको हो । यस अघि प्रधानमन्त्री आवासका चार वरिष्ठ कर्मचारीले राजीनामा दिएका छन् ।
राजीनामाका बीच शुक्रबार प्रधानमन्त्री बोरिस जोनसनले आफ्नो टीमसँग परिवर्तन राम्रो भएको बताए ।
जोनसन आफ्नो प्रधानमन्त्री पद जोगाउन लगातार संघर्ष गरिरहेका छन् । लकडाउनका क्रममा प्रधानमन्त्री निवासमा भएको पार्टीमा सहभागी भएको विषयलाई लिएर कन्जर्वेटिभ पार्टीका सांसद उनलाई पदबाट हटाइने छ या छैन भन्नेबारे बहस गरिरहेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया