बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

एमसीसी देशको हितमा छ, संसदले पास गर्छ : मन्त्री गुरुङ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

डोटी । संघीय सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले अहिले चर्चामा रहेको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित हुने बताएका छन् । छाउपडी प्रथाको अवस्थाबारे बुझ्न सुदूरपश्चिमको भ्रमणमा रहेका मन्त्री गुरुङले एमसीसीमा अनावश्यक विवाद भइरहेको बताएका छन ।
आइतबार डोटी जिल्ला सदरमुकाममा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै मन्त्री गुरुङले एमसीसीबारे बहस हुनु राम्रो भए पनि अहिले देखिएको कतिपय विवाद अनुचित भएको दाबी गरेका छन ।

‘विषयले संसदमा प्रवेश पाएपछि बहस, छलफल हुन्छ,’, मन्त्री गुरुङले भने, ‘यो प्रस्ताव संसदले सहजै अनुमोदन गर्छ ।’

नेकपाभित्रैबाट एमसीसीको विरोध भइरहेको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा मन्त्री गुरुङले भने स्वार्थका कारण कतिपयले विरोध गरेको आरोप लगाएका छन । उनले भने– एमसीसी नेपालको हितमा छ । तैपनि के स्वार्थका कारण उहाँहरू विरोध गरिरहनु भएको छ, गर्नेलाई नै सोध्नुस् ।’

फरक प्रसंगमा उनले छिट्टै डोटीको बालसुधार गृहको स्तरोन्नति गरिने बताएका छन ।

टोलीमा रहेका डोटीबाट प्रतिनिधिसभा सदस्य प्रेमवहादुर आले मगरले पनि बाल सुधार गृह निर्माणका लागि तत्काल पहल गरिने प्रतिबद्धता जनाएका छन । २५ जना क्षमताको डोटीको बालगृहमा हाल ४७ जना राखिएको छ ।

छाउपडी प्रथाको अनुगमनमा निस्केको मन्त्रीको टोली आइतबार नै अछाम प्रस्थान गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालका प्रजनन स्वास्थ्य अधिकारका मुद्दा विश्व मञ्चमा
२०८३ बैसाख १८, शुक्रबार
सडक डिभिजन जुम्लाको चालु आवको नौ महिनामा पुँजीगत खर्च २६ प्रतिशत
२०८३ बैसाख १८, शुक्रबार
पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल
२०८३ बैसाख १८, शुक्रबार
टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’
२०८३ बैसाख १८, शुक्रबार
राष्ट्रपतिद्धारा बुद्ध जयन्तीको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार