असार २२, २०८२ आइतबार July 6, 2025

राष्ट्रपति सी र पुटिन बीच बेइजिङ ओलम्पिकमा वार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चिनियाँ राष्ट्रपति जिनपिङले शुक्रवार बेइजिङ शीतकालीन ओलम्पिक शुरु हुनुअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्नुभएको छ।

न्यानो र मैत्रीपूर्ण वातावरणमा दुई राष्ट्राध्यक्षहरूले चीन–रूस सम्बन्ध र अन्तरराष्ट्रिय रणनीतिक सुरक्षा र स्थायित्वसँग सरोकार राख्ने प्रमुख मुद्दाहरूमा गहन विचार आदानप्रदान गर्नुभएको परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भनिएको जनाइएको छ।

राष्ट्रपति सीले पुटिनको भ्रमणलाई शीतकालीन ओलम्पिकका लागि गेट-टुगेदरू गर्ने प्रतिबद्धताको रूपमा वर्णन गर्नुभएको हो। उहाँले शुक्रबारको ‘वसन्त पर्व बैठक’ ले चीन-रूस सम्बन्धमा नयाँ जीवन्तता थप्ने विश्वास व्यक्त  समेत व्यक्त गर्नुभएको छ।

गहिरो र जटिल विकासले भरिएको अन्तरराष्ट्रिय परिदृश्यको प्रतिक्रिया स्वरूप चीन र रुसले पारस्परिक सहयोगको रणनीतिक समन्वयलाई अझ बजबुद बनाउन र अन्तरराष्ट्रिय निष्पक्षता र न्यायका लागि काँधमा काँध मिलाएर उभिन प्रतिबद्ध रहेको कुरामा जोड दिनुभयो।

सीले रुससँगको द्विपक्षीय सम्बन्धको राजनीतिक लाभको पूर्ण फाइदा उठाउन र चौतर्फीरूपमा व्यावहारिक सहयोगलाई अझ फलदायी बनाउन चीनको तत्परतालाई जोड दिनुभएको छ।

उहाँले दुवै पक्षले वस्तु तथा सेवा व्यापारको उच्च गुणस्तरीय विकासको रोडम्याप कार्यान्वयन गर्न, कृषि, हरित व्यापार, औषधि तथा स्वास्थ्य, डिजिटल अर्थतन्त्रलगायतका क्षेत्रमा सहयोगलाई प्रगाढ बनाउन र रसदलाई निरन्तरता दिन यातायात पूर्वाधारको अन्तरसञ्जाल बढाउन आवश्यक रहेको बताउनुभएको छ ।
युरेशियन महादेश र विश्वव्यापी औद्योगिक र आपूर्ति शृङ्खला स्थिर बनाउँन युरेशियन इकोनोमिक युनियनसँग बेल्ट एन्ड रोड सहकार्यलाई थप समन्वय गर्न जोड दिनुभएको बताइएको छ।

विगत दुई दशकमा सांघाई सहयोग संगठनले गरेको असाधारण यात्रा र अन्तरराष्ट्रिय समुदायमा महत्त्वपूर्ण रचनात्मक शक्तिको रूपमा यसको भूमिकालाई स्मरण गर्दै सीले ब्रिक्स सहयोग संयन्त्रलाई अझ प्रभावकारी बनाउन रुससँग सञ्चार र समन्वय बढाउन चीनको तत्पर रहेको पनि पनि  उल्लेख गर्नुभएको छ।

सो अबसरमा दुई नेता बीच बहुपक्षीयतालाई कायम राख्न, कोभिड–१९ विरुद्धको सहयोगलाई सुदृढ गर्न र आर्थिक पुनरुत्थानलाई बढावा दिन भूमिका खेल्ने परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

यसैबीच,  रुसका राट्ट्रपति पुटिनले ओलम्पिक शीतकालीन खेल बेइजिङ २०२२ को उद्घाटन समारोहमा निमन्त्रणामा उपस्थित हुन पाउँदा खुसी व्यक्त गर्नुभएको छ।

”मलाई विश्वास छ सावधानीपूर्वक तयारीका साथ, चिनियाँ जनताले विश्वलाई उत्कृष्ट शीतकालीन ओलम्पिक अनुभव प्रदान गर्नेछन्”, राष्ट्रपति पुटिनले भन्नुभयो। “म खेलहरूमा रूसी र चिनियाँ खेलाडीहरूको उत्कृष्ट प्रदर्शनको लागि तत्पर छु।”

राष्ट्रपति पुटिनले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चिनियाँ जनताले हासिल गरेको महान् विकासका उपलब्धिका लागि चीनलाई हार्दिक बधाइ दिनुभएको छ।
सो अवसरमा राष्ट्राध्यक्ष सी र राष्ट्रपति पुटिनले बेइजिङ शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा आफ्ना खेलाडीहरूलाई खेलकुदमा राम्रो प्रदर्शनका निम्ति शुभकामना व्यक्त गर्नुभएको छ ।

उद्घाटन समारोहमा राष्ट्रको परेडका लागि ९१ राष्ट्रिय ओलम्पिक समिति (एनओसी) का खेलाडीहरूले बेइजिङ राष्ट्रिय रंगशालामा मार्च गरेका थिए।

बेइजिङ राष्ट्रिय रंगशाला वा बर्ड्स नेस्ट ओलम्पिक शीतकालीन र ग्रीष्मकालीन खेल दुवैको उद्घाटन समारोह आयोजना गर्ने पहिलो स्थान बनेको छ । रासस–एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार