असार २२, २०८२ आइतबार July 6, 2025

अफगानिस्तानबाट ४ महिनामा १० लाखभन्दा बढी बाहिरिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पछिल्लो चार महिनामा १० लाख भन्दा बढी अफगानिस्तानीले देश छाडेको स्थानीय मिडियाले न्युयोर्क टाइम्सलाई उद्धृत गर्दै उल्लेख गरेको छ।

टोलो न्युजका अनुसार अधिकांश आप्रवासीहरू सीमा क्षेत्र पार गरेर इरान र पाकिस्तान पुगेका छन्। एक निजी यातायात उद्योगका प्रमुखले दैनिक चार हजार मानिस इरान जाने गरेको बताएका छन् ।

“समस्याहरू सबैलाई स्पष्ट छन्। त्यहाँ गरिबी, बेरोजगारी र युवाहरूको लागि शैक्षिक अवसर छैन,” टोलो न्यूजका अनुसार उनले भने। “म बाहिर जान चाहन्छु किनभने म मेरो छोराछोरी – दुई केटा र दुई छोरी – राम्रो वातावरणमा आफ्नो पढाइ जारी राख्न चाहन्छु,” उनले थपे।

उनले उच्च शिक्षा मन्त्रालयमा १० वर्ष काम गरेका थिए । अयुबीले अफगानिस्तानमा आफ्नो र उनको परिवारको लागि जीवन कठिन भएको बताउँदै आफू इरान जान चाहेको उल्लेख गरेका छन्।

हेरात प्रान्तका धेरै यात्रुहरू यातायात उद्योगका प्रमुखहरूले भने अनुसार इरानको सीमा पार गर्न खोज्ने मानिसहरू नै छन् । ती मध्ये केही पाकिस्तान पनि जाने गरेको बताए ।

एक यातायात कम्पनीका प्रमुख इस्माइल जावानमर्द अमरखेलले भने, “हामी यहाँ (काबुल) बाट कान्दाहार, निमरोज र हेरात प्रान्तमा हरेक दिन ३,५०० देखि ४,००० मानिसलाई लैजान्छौं।

न्युयोर्क टाइम्सले सामूहिक आप्रवासनले यस क्षेत्र र युरोपमा २०१५ को आप्रवासी संकटको पुनरावृत्तिको जस्तै चिन्ता बढाएको छ । त्यतिबेला १० लाख भन्दा बढी मानिसहरू प्रायः सिरियालीहरूले युरोपमा शरण खोजेका थिए।

यद्यपि तत्काल आर्थिक सङ्कटको कारण धेरैले देश छाड्ने छनौट गरिरहेका छन्। तालिबान शासनमा महिलाहरूमाथिको प्रतिबन्ध र बदलाको डरले थप सङ्कट बढाएको छ। त्यसैगरी इरानमा शरणार्थी अधिकार रक्षकहरूले इरानमा अफगान शरणार्थीहरूको स्थिति बारे थप चिन्ता व्यक्त गरेका छन्।

“इरानमा रहेका अफगान शरणार्थीहरूले काममा पहुँच र शरणार्थी परिचयपत्रको अभाव जस्ता विभिन्न चुनौतीहरूको सामना गरिरहेका छन्। शरणार्थीलाई सधैं फिर्ता पठाइने जोखिममा हुन्छन्,” शरणार्थी अधिकारकर्मी नकिबुल्लाह रसिखले भने।

इस्लामिक इमिरेट्सले अफगानिस्तानमा आर्थिक र मानवीय सङ्कटको सामना गर्न प्रयास भइरहेको बताएको छ। इस्लामिक इमिरेट्सका उपप्रवक्ता बिलाल करीमीले भने, “इस्लामिक इमिरेट्सको तथ्याङ्कले दैनिक रूपमा अफगानिस्तानबाट १,५०० देखि २,००० मानिसहरू इरान जाने गरेको देखाउँछ।” इरान प्रवेश गर्ने धेरै आप्रवासीहरू टर्कीको सीमा पार गर्न र त्यहाँबाट शरणका लागि युरोप जान खोजिरहेका छन्। रासस-एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार