असार २२, २०८२ आइतबार July 6, 2025

अष्ट्रेलियामा पर्यटकका लागि सीमाना फेरि खुल्ला गर्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अष्ट्रेलियाले विदेशबाट आउने पर्यटकहरूका लागि सीमा नाका फेरि खुल्ला गर्ने भएको छ ।

यही फेब्रुअरी २१ देखि विदेशबाट आउने पर्यटकहरूलाई पनि स्वदेश प्रवेश गर्न दिने निर्णय भएको प्रधानमन्त्री स्टक मोरिसनले सोमबार जानकारी दिनुभएको छ ।

कोरोना भाइरसको महामारीका कारण लामो समयदेखि पर्यटकहरूलाई प्रवेश निषेध गर्दै आएको अष्ट्रेलियाले प्रतिबन्धात्मक व्यवस्था खुकुलो बनाउँदै लगेको हो ।

अष्ट्रेलिया कोरोना महामारीबाट धेरै प्रभावित भएको र लामो समय विभिन्न प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गरेको देशमा पर्दछ ।

“झन्डै दुई वर्षपछि विदेशबाट आउने पर्यटकहरूलाई प्रवेश दिने निर्णय भएको हो,” प्रधानमन्त्री मोरिसनले भन्नुभयो ।राष्ट्रिय सुरक्षा सम्बन्धी बैठकपछि प्रधानमन्त्री मोरिसनले सबै प्रकारका प्रवेश आज्ञा पाएकाहरूलाई अष्ट्रेलिया आउन दिने निर्णय भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “यदि तपाईँहरू कम्तीमा दुई पटक खोप लगाएको व्यक्ति हुनुहुन्छ भने हामी तपाईँलाई अष्ट्रेलिया आउन आमन्त्रण गर्दछौँ ।”प्रधानमन्त्री मोरिसनले कोरोनाभाइरसको महामारी थप फैलिन नदिने उद्देश्यले सन् २०२० को मार्चदेखि विदेशबाट पर्यटकहरू आउन नदिने निर्णय गरिएको बताउनुभयो । त्यसपछि निरन्तर कोरोनाभाइरस विरुद्ध लडिरहनु परेकाले अहिलेसम्म पर्यटकहरूका लागि खुल्ला गर्न नसकिएको उहाँले स्पष्ट पार्नुभयो ।रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार