असार २२, २०८२ आइतबार July 6, 2025

आठ लाख डलर चोरी गर्ने बृद्ध भिक्षुणीलाई जेल सजाय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकामा जुवा खेलमा सहयोग गर्ने र खर्चालु ढंगले बिदा मनाउन ८ लाख डलर रकम चोरी गर्ने एक बृद्ध भिक्षुणीलाई जेल सजाय तोकिएको छ । क्यालिफोर्नियाकी ८० वर्षीया म्यारी मार्गरेट क्रिउपरलाई एउटा अदालतले सो सजाय सुनाएको हो । क्रिउपरले ६ दशकअघि गरिबको जीवनप्रति समर्पण गर्ने कसम खाएकी थिइन् ।

तर, लस ऐन्जल्सस्थित रोमन क्याथोलिक प्राथमिक विद्यालयको प्राध्यापकको रुपमा उनले ८ लाख ३५ हजार डलर लस भेगासमा जुवा खेल्न जुटाएको अदालतले फैसला गरेको छ ।

सो रकमबाटै उनले लेक टाहोइलगायतका महंगा रिसोर्टमा विलासीपूर्ण यात्रामा खर्च गरेको जनाइएको छ । सो रिसोर्ट गर्मीमा डुंगा चलाउन र जाडो मौसममा स्कीङका लागि प्रख्यात छ । त्यहाँ प्रायः सबै मौसममा धनाढ्य पर्यटकहरुको जमघट हुने गर्छ ।

‘मैले अपराध गरे । मैले कानुन मिचे । मसँग कुनै बहाना छैन,’ क्रिउपरले अदालतमा भनिन् । आफ्ना अपराध ‘आफ्नै सपथ, आज्ञा, कानुन र धेरै मानिसहरुले गर्ने पवित्र विश्वासको उल्लंघन’ भएको उनले स्वीकारेकी छिन् ।

गत वर्षको सुनुवाईको क्रममा क्रिउपरले कालो धनलाई बैध बनाएको र ठगी गरेको स्वीकार गरेकी थिइन् ।

टिउसन र धर्मदानका लागि विद्यालयमा पठाइएको रकम क्रिउपरले नियन्त्रणमा राखेको गोप्य अकाउन्टमा कसरी पुग्यो भन्दै अदालतमा उनीविरुद्ध उजुरी परेको थियो । एउटा अडिटले उनका गोप्य योजना सार्वजनिक गरिदिने धम्की दिएपछि क्रिउपरले आपत्तिजनक कागजात नस्ट गर्न कर्मचारीहरुलाई अनुरोध गरेको अदालतको फैसलामा उल्लेख छ ।

दी टाइम्सका अनुसार उनको आर्थिक अनियमितताबारे सुरुमा लस एन्जलसका धर्माध्यक्षसँग विवाद भएपछि भिक्षुलाईभन्दा पादरीलाई धेरै पैसा दिइने गरेको भन्दै रकम उठाउन आफू योग्य भएको तर्क गरेकी थिइन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार