असार २२, २०८२ आइतबार July 6, 2025

रुसी र फ्रान्सेली राष्ट्रपति भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उहाँका फ्रान्सेली समकक्षी इम्यानुएल म्याक्रोंबीच मस्कोमा भेटवार्ता भएको छ । सोमबार भएको दुई देशका राष्ट्रपतिबीचको यस भेटका क्रममा युरोपको सुरक्षा प्रबन्ध र युक्रेनका विषयमा कुराकानी भएको थियो ।

दुई देशका राष्ट्रपतिबीचमा बेलारुस र युरोपियन युनियनकाबीचको आप्रवासी समस्याका साथै युरोपको सुरक्षाका बारेमा पनि छलफल भएको समाचारमा जनाइएको छ । पुटिनले बेलारुस र ईयू देशको बारेमा कुरा उठाउनुभएको थियो । उहाँले युक्रेनको पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी गर्नुभएको क्रेमलिनले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

पूर्वी युक्रेनका द्वन्द्वपीडितहरूको व्यवस्थापन राम्रोसँग हुन नसकेका विषयमा पनि उनीहरूका बीचमा कुराकानी भएको क्रेमलिनले जनाएको छ । रुस–फ्रान्स सम्बन्धको लागि, पुटिन र म्याक्रोंले नोभेम्बर १२ मा पेरिसमा दुई देशका विदेश र रक्षा मन्त्रीबीचको नियमित बैठकको पनि प्रशंसा गर्नुभएको थियो ।

साथै युक्रेनमा पछिल्लो समयमा रुसले आक्रमण गर्नसक्ने भन्ने विषयमा पनि कुराकानी भएको अनुमान गरिएको बताइएको छ । युक्रेनको सीमा क्षेत्रमा रुसले ठूलो सङ्ख्यामा सेना तैनाथ गरेको छ । त्यसैले अमेरिका र बेलायतसहितका पश्चिमा देशहरूले रुसले त्यहाँ युक्रेनमाथि हमला गर्न सक्ने बताएका छन् ।

तर रुसले भने यसको खण्डन गर्दै आएको छ । रुसले अहिले युक्रेनमाथि हमलाको कुनै योजना नरहेको बताउँदै आएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार