असार २२, २०८२ आइतबार July 6, 2025

भारतमा थप ७१ हजार सङ्क्रमित, १२ सयको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः भारतमा कोरोनाभाइरसका कारण पछिल्लो एक दिनमा थप ७१ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार गत २४ घण्टामा ७१ हजार ३५६ जना नयाँ सङ्क्रमित भएका हुन् ।

सङ्घीय स्वास्थ्य मन्त्रालयले सोही अवधिमा अरू एक हजार २१७ जनाको मृत्यु भएको जनाएको छ । यससँगै भारतमा अहिलेसम्म कुल मृतकको सङ्ख्या पाँच लाख पाँच हजार २७९ पुगेको छ ।

नयाँ सङ्क्रमितहरूको सङ्ख्या निकै कम हुँदै गएपछि अहिले भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या आठ लाख ९२ हजार ८२८ पुगेको छ ।

सोही अवधिमा एक लाख ७२ हजार २११ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरूको कुल सङ्ख्या चार करोड १० लाख १२ हजार ८६९ पुगेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार