असार २२, २०८२ आइतबार July 6, 2025

चीनमा अविवाहित जोडीको गर्भपतन रोक्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चीनको परिवार नियोजन संघले अविवाहित मानिस र वयस्कका कारण हुने भ्रुण हत्या नियन्त्रण गर्ने योजना ल्याएको छ । अनिच्छुक र अप्रत्यासित गर्भाधारण रोकेर राष्ट्रिय उर्वरता र सार्वजनिक स्वास्थ्य रक्षा गर्ने उदेश्यले सरकारले पछिल्लो कदम चालेको हो ।

चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार पछिल्लो पहल अविवाहित जोडीबीच हुने असुरक्षित गर्भधारणलाई रोकथाम गर्ने परिवार नियोजन संंघको लक्ष्यसँग मेल खान्छ । एकभन्दा बढी पटक गर्भपतन गर्दा बाझोपन हुने संघले बताउँदै आएको छ ।

पछिल्लो कदम निश्चित समूहहरुको प्रजनन स्वास्थ्य सुधारतर्फ पनि लक्षित छ । यस योजनालाई जनवरीको मध्यतिर सार्वजनिक गरिएको थियो । योजनालाई लिएर चीनको सामाजिक सञ्जाल विबोमा बहस र विरोध बढेको थियो ।

नरम उपाय मानिएको प्रजनन स्वास्थ्य शिक्षाबाट पनि अनिच्छुक गर्भ र गर्भपतन न्यून गर्न सकिने केही विज्ञको भनाई छ । ग्लोबल टाइम्सका अनुसार चीनमा अनिर्णित गर्भपतनमा २० वर्षभन्दा कम उमेरका व्यक्ति बढी जिम्मेवार छन् । सरकारले ल्याएको पछिल्लो योजनामा चिनियाँ परिवारहरुलाई एक भन्दाबढी सन्तान जन्माउन आह्वान गरिएको छ ।

चीन सरकारले दम्पत्तिलाई गत वर्षदेखि तीन सन्तानसम्म जन्माउन अनुमति दिएको थियो । जन्म दरमा कमी र बढ्दो बृद्ध जनसंख्याका कारण सरकारले दम्पत्तिलाई सन्तान जन्माउन उत्प्रेरणा दिँदै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार