असार २२, २०८२ आइतबार July 6, 2025

बेलायतले पोल्याण्डमा थप ३५० बेलायती सेना तैनाथ गरेको पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बिहीबार युक्रेन वरिपरि तनाव बढ्दै जाँदा थप ३५० ब्रिटिश सेना पोल्याण्डमा अवतरण गरिएको पुष्टि गरेका छन् । “आज बेलायतको ४५ कमाण्डो युनिट पोल्याण्डमा प्रवेश गरेको छ,“ जोनसनले वार्सामा आफ्नो पोलिश समकक्षी माटेउज मोराविकीसँग भेटपछि उल्लेख गरेका छन् ।

सोमबार, बेलायतका रक्षामन्त्री बेन वालेसले जनाएअनुसार बेलायतले पोल्याण्डमा ३५० सेना पठाउने छ जसले १५० ब्रिटिश सैन्य इन्जिनियरहरूलाई थप्नेछ जुन गत वर्ष पोलिश–बेलारुस सीमामा आप्रवासी संकटको बेला खटिएका थिए ।

जोनसनका अनुसार भर्खरै आएका सेनाहरू पोल्याण्डमा नाटोको फर्वार्ड उपस्थिति बढाउन योगदान गर्ने १५० बेलायती सेनामा पनि सामेल हुनेछन् ।“म यहाँ आएको कारण पोल्याण्ड हाम्रो सामूहिक युरोपेली सुरक्षाको लागि एकदमै महत्वपूर्ण छ र पछिल्लो १०० वर्षको पाठ यो हो कि जब पोल्याण्ड अस्थिरता वा पोल्याण्डको सिमानामा आक्रमणको खतरामा छ तब हामी सबैलाई त्रासको अनुभूति हुन्छ ।“  प्रधानमन्त्रीले भने।

जोनसन ब्रसेल्सबाट वार्सा पुगेर नेटो महासचिव जेन्स स्टोल्टनबर्गसँग युक्रेनको अवस्थाबारे छलफल गर्न भएको  थियो।युक्रेनको अवस्था हालैका हप्ताहरूमा बिग्रिएको छ वाशिङ्गटन, लन्डन र अन्य नाटो सहयोगीहरूले युक्रेनको सीमामा रुसको सैन्य निर्माणको बारेमा चिन्ता व्यक्त गर्दै, मस्कोले आक्रमणको तयारी गरिरहेको  बताएका छन् ।

युरोपियन युनियनले पनि बढ्दो घटनामा रूसको युरोपमा ऊर्जा आपूर्तिमा सम्भावित अवरोधको बारेमा चिन्ता व्यक्त गरेको छ। रुसले युक्रेनलगायत कुनै पनि देशमा आक्रमण गर्ने आफ्नो योजना नभएको बताउँदै  आएको छ । रासस-एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार