असार २४, २०८२ मंगलबार July 8, 2025

सभामुखको हस्तक्षेपले राज्य व्यवस्था समितिको बैठक रोकियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सभामुख अग्निप्रसाद सापकोटाको हस्तक्षेपपछि संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको खुलासा भएको छ ।  शुक्रबार ११ बजेका लागि बोलाइएको बैठक सभामुखको हस्तक्षेपका कारण रोकिएको कांग्रेसको आरोप छ ।

मुलुकको सुरक्षा व्यवस्था, सार्वजनिक प्रशासन, स्वच्छ निर्वाचन, संवैधानिक आयोगहरुको प्रभावकारिता तथा शान्ति प्रकृयासंग सम्बन्धित निकायका क्रियाकलापहरुलाई संसदीय निगरानी गर्ने राज्य व्यवस्था समितिअहिले सभापति विहीन अवस्थामा रहेको छ ।

माओवादीको भागमा परेको समितिको सभापति शशी श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बनेसँगै सभापति खाली भएपछि गत बुधबारको बैठकले जेष्ठताका आधारमा कांग्रेस सांसद देवेन्द्रराज कँडेलले अध्यक्षता गर्ने गरी आजका लागि बैठक बोलाइएको थियो ।

‘बुधबारको बैठकबाट जेष्ठ सदस्यको नताले देवेन्द्रराज कँडेललाई सभापति चयन गरिएको थियो’ जसपा सांसद राजकिशोर यादवले भने ।

वैशाख ३० गतेका लागि तय भएको निर्वाचनको विषयमा निर्वाचन आयोगसँग छलफल गर्ने तय भएको बैठकमा सहभागी हुनका लागि समितिकी सचिव बविता मिश्रले पत्रसमेत लेखेकी थिइन् तर सापकोटाले हस्तक्षेप गर्दा बैठक रोकिएको आशंका कांग्रेसले गरेको छ ।

‘समिति माओवादीको भागमा रहेका भए पनि कतै कांग्रेसको हातमा जाने त होइन भन्ने त्रासमा सभामुखले बैठकमा हस्तक्षेप गरे’ कांग्रेसका एक सांसदले भने ।

सभामुखले तोकेको दिन सभापतिको निर्वाचन हुने र बहुमतप्राप्त सदस्य सभापति निर्वाचित हुने व्यवस्था रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार