मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

६ हजार ६ सय ५४ नमूना पिसिआर परिक्षण गर्दा ८ सय ३६ जनामा संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः आज देशभर ८ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

६ हजार ६ सय ५४ नमूना पिसिआर परिक्षण गर्दा ८ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै आज १ हजार ८ सय २६ जना संक्रमित निको भएका छन् भने संक्रमित ४ जनाको मृत्यु भएको छ ।

हालसम्म कुल संक्रमित निको हुने दर ९६ दशमलव १ प्रतिशत रहेको छ । हाल देशभर २६ हजार १ सय २ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै, आज २ लाख ८८ हजार ८ सय ३७ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया