असार २२, २०८२ आइतबार July 6, 2025

अमेरिका र युक्रेनका राष्ट्रपतिबीच फोनवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अमेरिकाका राष्ट्रपति जो बाइडेन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका बीचमा फोनमा वार्ता भएको छ । युक्रेनमा पछिल्लो समयमा देखिएको सुरक्षा अवस्थाका बारेमा उहाँहरुका बीचमा आइतबार फोनवार्ता भएको समाचारमा जनाइएको छ ।

यस विषयमा कुराकानी गर्नका लागि अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनी राष्ट्रपति जेलेन्स्किीलाई फोन गर्नुभएको ह्वाइट हाउसले जानकारी दिएको छ ।रुसका कारण यतिबेला युक्रेनमा सुरक्षा खतराको अवस्था देखिएको बताइएको छ । अमेरिकाले रुसले जुनसुकै बेला पनि युक्रेनमाथि हवाई बमबारी गरेर हमला सुरु गर्न सक्ने जनाएको छ ।

यही कारण दर्साएर एक दर्जनभन्दा धेरै देशले त्यहाँबाट आफ्ना नागरिकलाई घर फर्कन आग्रह गर्नुका साथै आफ्ना दूतावासका कर्मचारीलाई फिर्ता लगेका छन् ।समाचार स्रोतहरुले अमेरिकाले किभबाट आउँदो ४८ घण्टामा आफ्ना सबै कर्मचारीलाई फिर्ता लैजाने तयारी गरिरहेको जनाएका छन् । तर सो समाचारको स्वतन्त्र रुपमा पुष्टि हुन भने सकेको छैन ।

यसअघि देखि नै अमेरिका, बेलायतलगायतका कतिपय पश्चिमा देशहरुले पनि युक्रेनबाट आफ्ना कर्मचारीहरु फिर्ता लगेका छन् । उता युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने रुसी हमलाको योजनाबारे आफूले कुनै प्रमाण नदेखेको बताएको पनि समाचारमा जनाइएको छ ।

आइतबार भएको दुई देशका राष्ट्रपतिबीचको फोनामा युक्रेनको सुरक्षाका विषयमा कुराकानी भएको ह्वाइट हाउसले जानकारी दिएको हो । रासस-सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार