बैसाख २१, २०८३ सोमबार May 4, 2026

दक्षिण कोरियामा एक दिनमा अहिलेसम्मकै धेरै संक्रमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दक्षिण कोरियामा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमितहरु भेटिएका बताइएको छ । यहाँको रोग नियन्त्रण तथा निवारण एजेन्सीले सो कुराको जानकारी दिएको हो । सो एजेन्सीका अनुसार यहाँ गएको २४ घन्टा यतामात्र ९० हजार ४४३ जना कोरोना संक्रमित देखिएका छन् ।

सो निकायका अनुसार अहिलेसम्म यहाँ १५ लाख ५२ हजारजना कोरोना संक्रमित पाइएका हुन् ।यहाँ पछिल्ला केही दिनमा दैनिक ५० हजार जनाभन्दा बढी नै संक्रमित देखिएका छन् । तर यहाँ एकै दिन ९० हजार देखिएको भने यो पहिलो पटक हो ।

यहाँका अधिकारीहरुले कोरियामा पछिल्ला हप्ताहरुमा कोरोनाको ओमिक्रोन भेरियन्ट निकै विस्तारित भएको बताएका छन् ।उनीहरुले नागरिकहरुले पूर्ण मात्रामा खोप लगाएकाले उनीहरुमा मृत्युदर कम रहेको तर पछिल्लो समयमा ओमिक्रोनको प्रकोप भने बढ्दै गएको बताएका छन् । रासस-सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया