असार २२, २०८२ आइतबार July 6, 2025

सन् २०२१ सम्ममा १ लाख ९४ सिरियालीलाई टर्कीको नागरिकता प्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः टर्कीस सरकारले सन् २०२१ मा मात्र करिब १ लाख ९४ हजार सिरियाली नागरिकलाई टर्कीको नागरिकता प्रदान गरिएको जानकारी दिएको छ । सो सरकारले दिएको जानकारी अुनसार सन् २०२१ सम्ममा टर्कीमा पुगेर शरणार्थीका रुपमा बसिरहेका ती सिरियालीलाई टर्कीको नागरिकता प्रदान गरिएको हो ।

टर्कीस् सरकारले बिहीबार विज्ञप्ति प्रकाशन गरेर दिएको जानकारीअनुसार ती १ लाख ९४ हजार नागरिकमध्ये ८४ हजार जनाजति बालबालिका पनि रहेका छन् ।सिरियामा गृहयुद्ध सुरु भएपछि त्यहाँका नागरिकहरु छिमेकी लगायतका देशहरुमा शरणा लिन पुगेका छन् । यसरी यहाँका लाखौँलाख नागरिकले देश छोडेर भागेका छन् । यसरी भागेर शरणार्थी बन्न बाध्य भएका नागरिकमध्ये टर्कीमा मात्र ३७ लाख जना रहेका छन् ।

टर्कीस् सरकारले त्यहाँ रहेका ३७ लाख सिरियाली नागरिकलाई अस्थायी शरण दिएर राखेको जनाएको छ । उनीहरुले पनि टर्कीस् नागरिकका लागि आवेदन गरेका तर पनि उनीहरु सबैलाई नागरिकता दिन सो सम्भव नभएको समाचारमा जनाइएको छ ।

सिरियामा सन् २०११ देखि सुरु भएको सरकार विरुद्धको आन्दोलन निकै लामो समयदेखि जारी रहेपछि त्यहाँ यसले गृहयुद्धको रुप लिएको छ ।यहाँ अहिले पनि हिंसा जारी रहेकाले यहाँका नागरिकहरु आन्तरिक रुपमा शरणार्थी बन्ने तथा देश छोडेर भाग्ने क्रम जारी नै रहेको बताएका छन् ।सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार