असार २२, २०८२ आइतबार July 6, 2025

ब्राजिलको पहिरोमा अझै १९१ वेपत्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ब्रजिलको पेट्रोपोलिस सहरमा चार दिनअघि गएको बाढी पहिरोमा अझै २०० जना हराइरहेको विवरणहरु सार्वजनिक भएका छन् ।

मुसलधारे बर्षाका कारण आपतकालीन समूहहरुलाई बाढीमा फँसेको व्यक्तिको उद्दारमा कठिनाइएको छ । बाढी पहिरोमा पुरिएका व्यक्तिको जीवितै उद्दारको आशा अब हराउन थालेको समूहहरुले बताएका छन् ।

बाढीमा २७ बालबालिकासहित १४६ जनाको मृत्यु भएको र १९१ जना अझै हराइरहेका अधिकारीहरुले बताएका छन् ।

९०० भन्दा बढीलाई विद्यालय र आश्रयहरुमा राखिएका छन् । शनिबार कामदारहरूले बाक्लो कुहिरोमा भग्नावशेष र हिलोबाट कोदालो र बेल्चाले खनेका थिए । उद्दार कार्यमा स्वंयमसेवकहरुको समूहले पनि सहयोग गरेको छ । केही क्षेत्रमा हाते औजारले खोजेलेर हराइरहेका व्यक्तिको खोजी भइरहेको छ । उद्दारमा ४२ ओटा सुँघ्ने कुकुरहरू परिचालन गरिएका छन् ।

‘यहाँ ठूला औजारहरु ल्याउन असम्भव छ,’स्थानीय अग्नि विभागको विशेष उद्दार समूहका संयोजक रोबेर्टो अमरालले भने, ‘त्यही भएर हामीले कमिलाले जस्तै काम गरेका छौं ।’ एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार