असार २२, २०८२ आइतबार July 6, 2025

भियतनामद्वारा २० देशका लागि फेरि हवाई उडान खुल्ला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भियतनामलेले २० देशमा हुने हवाई उडान फेरि खुल्ला गरेको छ ।

कोरोनाभाइरसको महामारीका कारण बन्द गरिएको उडान सेवा अहिले महामारी कम भएकाले सुचारु गर्न लागिएको अधिकारीहरूले जनाएका छन् ।

उडान खुल्ला गरिएका देशहरूमा अष्ट्रेलिया, चीन, जापान, दक्षिण कोरिया, सिङ्गापुर, फ्रान्स, जर्मनी, रुस, अमेरिकालगायतका रहेका छन् ।

भियतनामको यातायात मन्त्रालय मातहतको यातायात विभागका निर्देशक त्रान बायो इन्गोकले अरु सात देशमा भने अझै पनि अडान खुल्ला नगरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार यसअघि उडान हुँदै आएका ब्रुनाई, भारत, इन्डोनेसिया, म्यानमार, फिनल्याण्ड, इटली र स्विजरल्याण्डमा भने अहिले पनि उडान पुनः सञ्चालन गरिएको छैन ।

भियतनाममा अहिले हप्ताभरीमा आवत जावत गरेर ३७० उडान हुने गरेको पनि निर्देशक इन्डोकले बताउनुभयो । रासस/ सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार