असार २४, २०८२ मंगलबार July 8, 2025

संसदीय सुनुवाइलाई प्रभावकारी बनाउनु पर्नेमा मन्त्री बडूको जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले संवैधानिक निकायलगायत देशका महत्त्वपूर्ण अङ्गमा नियुक्त हुने प्रमुख एवं पदाधिकारीहरूलाई जनताको प्रतिनिधि संस्था संसद्प्रति र जनताप्रति उत्तरदायी एवं जबाफदेही बनाउन संविधानमा संसदीय सुनुवाइको प्रावधान राखिएको हुँदा यो व्यवस्था संविधानअनुसार उल्लेखित सबै पदका लागि अनिवार्य हुने राय व्यक्त गर्नुभयो । उहाँले संविधानले संसदीय सुनुवाइलाई ऐच्छिक वा नगरे पनि हुने कल्पना गरेको देखिँदैन भन्नुभयो ।

नेपाल कानुन आयोगद्वारा मङ्गलवार काठमाडौँमा आयोजित संसदीय सुनुवाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मस्यौदामाथि अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिसमेत रहनुभएका मन्त्री बडूले प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख, पदाधिकारी र राजदूत पदका लागि प्रस्तावित व्यक्तिलाई जनताको सार्वभौम अधिकार प्रयोग गर्ने सम्मानित संस्था संसदमार्फत जनउत्तरदायी बनाउन संसदीय सुनुवाइको व्यवस्था भएकोले त्यसको मर्मअनुसार सङ्घीय कानुन बन्नुपर्ने र सोहीअनुरूप समितिले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

सिफारिस भएको ४५ दिनभित्र सुनुवाइ नभए स्वतः नियुक्त हुने कुरा संविधानको धारा २९२ को भावना विपरीत भएको भन्नुहुँदै मन्त्री बडूले नियुक्तिपूर्व अनिवार्य सुनुवाइका लागि कानूनमा स्पष्ट व्यवस्था हुनुपर्ने र संविधानको मर्म यही भएको बताउनुभयो ।

मन्त्री बडूले अनुमोदनकर्ता र अनुमोदित हुने व्यक्तिको स्वार्थ बाझिने कुरालाई ध्यानमा राखी संविधानको धारा २९२ को उपधारा ३ ले संयुक्त समितिमा रहने सदस्यले सङ्घीय संसद्को उक्त कार्यकालभर सर्वोच्च अदालतमा उपस्थित भई बहस पैरवी गर्न नपाउने व्यवस्था गरेको तर्फ ध्यानाकर्षण गराउनुहुँदै ऐनमा उल्लेखित दुई पक्षको उक्त सम्बन्ध कहिले र कुन अवस्थामा नरहने तथा बहस पैरवी हुनसक्ने भन्ने स्पष्ट व्यवस्था कानुनमा उल्लेख हुन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा सङ्घीय संसद् सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले सिफारिस गरिएको ४५ दिनपछि स्वतः नियुक्ति हुने कार्यलाई रोक्न र नियुक्ति समावेशी बनाउने बारेमा ऐनले प्रष्ट व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

यसैगरी प्रतिनिधिसभा, कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले विगतमा भएको सिकाइका आधारमा संसदीय सुनुवाइको व्यवस्थालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

राष्ट्रियसभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले संविधानले विशेष अवस्थामा बाहेक प्रतिनिधिसभा विघटनको परिकल्पना नगरे पनि विगतमा समस्या आएकोले संसद् नभएको अवस्थामा के गर्ने भन्ने विषय ऐनमा राख्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा संविधानविद् डा। विपिन अधिकारी, टीकाराम भट्टराई, चन्द्रकान्त ज्ञवाली, माधव कुमार बस्नेत, अम्बरप्रसाद पन्तलगायतले संसद् विघटन, चुनाव र लामो समयसम्म जनप्रतिनिधि नभएको अवस्थामा संसदीय सुनुवाइ कसरी गर्ने भन्ने विषयमा ऐनमा व्यवस्था हुनुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा कांग्रेस नेता जितेन्द्रनारायण देव, भीमसेनदास प्रधान, एमाले नेता सुरेन्द्र पाण्डे, योगेश भट्टराई, सुमनराज प्याकुरेल, नेकपा माओवादी केन्द्रकी नेतृ पूर्णकुमारी सुवेदी, नेकपा (एकीकृत समाजवादी) का नेता जीवनराम श्रेष्ठलगायत विभिन्न राजनीतिक दलका नेताहरूले संसदीय सुनुवाइ समितिको भूमिकालाई प्रभावकारी बनाउन ऐनमा गर्नुपर्ने विविध व्यवस्थाका बारेमा सुझाव दिनुभएको थियो ।

आयोगका अध्यक्ष जागेश्वर सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कानून आयोगका सचिव लीला देवी गड्तौलाले विधेयक मस्यौदा प्रस्तुत गर्नुभएको थियो भने आयोगका उपाध्यक्ष प्रा।डा। लक्ष्मीप्रसाद मैनालीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभयो । कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव एवं आयोगका सदस्य उदयराज सापकोटालगायतले आ-आफ्नो धारणा राख्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार