मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

आठ हजार ६२६ जनामा परीक्षण गर्दा २७५ जनामा कोरोना पुष्टिः ५५५ जना सङ्क्रमणमुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः पछिल्लो २४ घण्टामा १५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार ४५२ जनाको पीसीआर परीक्षण गर्दा १५८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा तीन हजार १७८ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कुल आठ हजार ६२६ जनामा परीक्षण गर्दा पीसीआर र एन्टीजेन गरेर २७५ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ५५५ जना सङ्क्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार २४ घण्टामा एक जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९३२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मुलुकमा एक लाख २२ हजार ४९३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै नेपालमा हाल नौ हजार २८० जना सक्रिय सङ्क्रमित छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया